काठमाडौं ।
कालीकोटको पलाँता गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ।
थिर्पुबाट छलतर्फ खाद्यान्न र खुद्रा सामान बोकेर जाँदै गरेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमै चार जनाको मृत्यु भएको छ। मृतकमध्ये ट्र्याक्टर चालक २५ वर्षीय चन्द्र प्रकाश रोकाया मुगु, खत्याड–५, २१ वर्षीय रवीन्द्र विक, ३२ वर्षीया सदु बुढा पलाँता–४ , र २५/२६ वर्षीया अम्बा शाही पलाँता–५ सल्लीकोट रहेका छन्।
प्रहरीका अनुसार ट्र्याक्टर अप्ठ्यारो भिरमा अड्किएको थियो भने शवहरू करिब २०० मिटर तल भेटिएका थिए। दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा टोली राति नै घटनास्थल पुगेको थियो।











प्रतिक्रिया