काठमाडौँ ।
नेपालीहरूले जापानमा भोगिरहेका समस्या र समस्या समाधानमा सहजीकरणका लागि अभिभावक–विद्यार्थी अन्तरक्रिया गरिएको छ ।
छात्रवृत्ति, रोजगारीका अवसर, आर्थिक अभाव र बेरोजगार हुँदाका अवस्थामा संघ-संस्थाहरूले गर्ने आर्थिक र अन्य सहयोगबारे हनामिजुकी ट्रेनिङ प्रालिले छलफल आयोजना गरेको हो ।
नेपालीहरूका लागि वैदेशिक अध्ययन र वैदेशिक रोजगारको अवस्था सँधै सहज नहुने बताउँदै हनामिजुकीका संस्थापक अध्यक्ष विनोद आचार्यले भने, ‘असहज अवस्थालाई कसरी सामना गर्ने, यस्तो अवस्थामा सहयोग गर्ने संस्थासँग कसरी जोडिने भन्ने कुरा महत्वपूर्ण हो ।’
जापान–नेपाल सरकारबीच ‘जिटुजी सम्झौता’ अनुुसार नेपालीहरूलाई ‘फ्रि भिषा’मा नेपाली कामदार जापान पठाउने यो पहिलो कम्पनी हो । हालसम्म यो कम्पनीमार्फत २ हजार ५ सय हाराहारी नेपाली जापान पुुगेका छन् ।
वैदेशिक अध्ययन र कामका लागि जापान जाने नेपाली विद्यार्थीको संख्या बढिरहेका बेला यस्तो प्रकृतिका परामर्श र अन्र्तक्रियाको खाँचो बढ्दै गएको जापानी नागरिकहरू एचुको कानेको, ओनो खाजुओ र रिए उएनोले बताए । ‘नेपालीहरू ठूलो रकम खर्च गरेर उज्वल भविष्यको सपना बुन्दै जापान गइरहेका हुुन्छन्, उनीहरूको भनाइ थियो, ‘विदेश पुुगेपछि नसोचेका समस्याहरू आउन सक्छन्, त्यसैले रोजगारका लागि जानुपूर्व धेरै तयारी गर्नुपर्छ ।’
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका पूर्व सचिव डा. होमनाथ भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा. शिवकुमार राई लगायतले पनि जापान पुग्दैमा ठूूलो सफलता एकै पटक प्राप्त हुने भ्रमबाट विद्यार्थी मात्र नभएर अभिभावक पनि प्रष्ट हुनुपर्नेमा उनले जोड दिए ।
सोही कार्यक्रममा कानेको अवार्ड अन्तर्गत जापान नेपाल फ्रेण्डसिप छात्रवृत्तिको औपचारिक घोषणा गरियो । यसवर्ष नेपालबाट पवन मगर, अमृता लामा तामाङ (जिरेल), खगेस्वरी कुमारी रावत र जापानबाट पूर्णिमा मरासिनीसहित ४ जनाले छात्रावृत्ति स्वरूप एक–एक लाख रकम प्राप्त गरेका छन् । उक्त छात्रवृत्ति एत्सुको कानेकोद्वारा स्थापना गरिएको १ करोड १० लाख रूपैयाँको को फन्डबाट सञ्चालन गरिने छात्रवृत्तिका नेपाल संयोजक प्रकाश आचार्यले जानकारी दिए ।











प्रतिक्रिया