पढ्न पाउने नैसर्गिक अधिकारको हनन् भयो : शुप्रभत भण्डारी

4.04k
Shares

काठमाडौं ।

यतिलामो समयसम्म आम शैक्षिक हड्तालको कारण सामुदायीक विद्यालयमा अध्ययनरत ५५ लाख विद्यार्थी विचल्लिमा परेका छन् । आन्दोलनको कारण वालवालिकाको पढ्न पाउने नसर्गिक अधिकार हनन भएको छ ।


आन्दोलनको नाममा पढाई थप पढाई प्रभावित भए कानुनी उपचारमा जानेछौ । राष्ट्रिय मानव अधिकार आयोग गुहार्नेछौ । आन्दोलनप्रति महासंघको सैदान्तिक सहमति छ । माग पुरा गर्न लाग्नुपर्छ । हामीले पनि प्रयास जारी राखेका छौ । तर भर्ना अभियान बन्द गराएर । एसईईको उत्तरपुस्तिका परीक्षण नगरेर र बैशाख ११ बाट हुने कक्षा १२ को परीक्षा रोकेर महासंघले गल्ती गरेको छ । यस्तो विषयमा शिक्षकहरु गम्भीर हुनुपर्छ ।

माग पुरा गर्ने कुरामा हाम्रो कुनै विमति छैन । सरकार गम्भीर हुनुपर्छ । नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सबै शिक्षकको आफ्नो विद्यालयको अन्तिम परीक्षाको नतिजा प्रकाशित गरेका छैनन । कसरी माथिल्लो कक्षामा लैजाने ? सरकारले घोषणा गरेको नयाँ अभियान कसरी सफल बनाउने ?

बैशाख ११ गतेबाट १२ कक्षाको राष्ट्रिपरीक्षा अन्योल भएको छ । साढे ५ लाख विद्यार्थी राष्ट्रिय सामहित हुदैछन् । उहाँहरु परीक्षाको तयारीमा हुनुहन्छ । एकातिर शिक्षकहरुको आन्दोलन छ । विद्यार्थीहरु पढेर बसेका छन् । परीक्षा हुन्छ कि हुदैन ? दोधारमा छन् अन्योल छ । शिक्षकको कारण विद्यार्थीप्रति अन्याय भएको छ । नकरात्मक र मनोवैज्ञानिक असर परेको छ । भर्ना हुने तयारीमा रहेका, कक्षा १०को एसईई परीक्षा दिएका र १२ परीक्षा दिने तयारीमा रहेका विद्यार्थी र उनीहरुको अभिभावक सहित करोडौ जनता प्रभावित भएका छन् ।

अभिभावक महासंघले यो ध्यानाकर्णण गराउन चाहन्छौ कि शिक्षकको मागप्रति हाम्रो समर्थन छ । माग पुरा गर्न दुविधा रहेन । सरकारले पुरा गर्नुप¥यो । शिक्षकलाई लाई यो अनुरोध छ कि ‘स्कुले विद्यार्थीले के माग पुरा गर्ने हो र ? पढ्न पाउनुपरेन र ? उनीहरको पढनपाउने नैसर्गिक अधिकार हो । वाल अधिकारको रक्षा गर्नेकाम शिक्षक र । समाजको होला । हामी यो विषयमा गम्भीर हुन आग्रह गछौ । तपाईहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । कक्षाकोठाभित्र छिरेर आन्दोलन अन्य उपाय खोजेर आन्दोलन गर्नुस ।