काठमाडाैं ।
कैलालीको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा ६५ वर्षीय अंग्रेज पर्यटक स्टेफन गोर मृत अवस्थामा फेला परेका छन्।
उनी कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा लिएर बस्दै आएका थिए। बिहीबार राति करिब साढे ९ बजे आफ्नै कोठामा मृत भेटिएका हुन्।
प्रहरीका अनुसार उनी भित्रबाट चुक्कल लगाएर सुतिरहेका थिए। लामो समयसम्म ढोका नखुलेपछि छेउमै बस्दै आएकी चित्रा कुमारी बमले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परे।
शव परीक्षणका लागि अस्पताल पठाइएको र कानुनी प्रक्रिया पूरा गरी शव स्वदेश पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा गोर र चित्राका बुवा पुराना साथी रहेको खुल्न आएको छ।











प्रतिक्रिया