काठमाडौँ।
ई सेवा प्रयोगकर्ताको खाताबाट १ करोडभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर न.पा. वडा नं. ०१ घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् । उनलाई प्रहरीले मङ्गलवार काठमाडौँको कालीमाटीबाट पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ई सेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे । त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ई सेवा अनधिकृत पहुँच पुर्याउँथे।
बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । बुढाले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको उनले बताए ।
उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया