काठमाडौं ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। बिहान ४ बजेतिर खसेको पहिरोले लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको एक कार पुरिएको प्रहरीले जनाएको छ । कार माथिल्लो भागबाट आएको पहिरोले पुरेको हो ।
कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ गइरहेको थियो । कारका चालक र यात्रुहरू भने सकुशल छन् । यद्यपि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।
यतिबेला दोभान क्षेत्रको तल्लो र माथिल्लो सिद्धबाबा खण्डमा निर्माणाधीन कल्भर्ट पनि समस्यामा परेको छ । त्यहीँ भासिएको कल्भर्टमा एक टिपर फसेको र त्यसलाई हटाउने प्रयास जारी रहेको दोभान प्रहरी चौकीले जनाएको छ । स्थानीय चालक पीताम्बर भट्टराईका अनुसार, रातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजेदेखि नै राजमार्ग अबरुद्ध भएको हो ।











प्रतिक्रिया