रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।
उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च पुगेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा छाडेको थियो ।