गुरुङ र गेलाल पक्षबीचमा नै कडा प्रतिस्पर्धा

नेपाल वैदेशिक रोजगार संघको चुनाव आज



काठमाडौं ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आज शुक्रवार निर्वाचन हुँदैछ । निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति सदस्य सचिव शम्भु निरौलाले जानकारी दिनुभयो । दुई वटा प्यानल प्रतिस्पर्धामा भिड्ने भएका छन् ।

दुवै समूहले जित्ने दाबी गर्दै आएका छन् । ८ सय ९३ मतदाता रहेकोे संघमा यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
कांग्रेस निकट लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानल भुवनसिंह गुरुङको नेतृत्वमा बनेको छ । उक्त प्यानलमा नरेन्द्रप्रसाद ढकाल प्रथम उपाध्यक्ष पदका उम्मेदवार रहनुभएको छ । देवकुमार खोखाली द्वितीय उपाध्यक्ष, हर्कबहादुर लिम्बू तृतीय उपाध्यक्ष, महेशकुमार बस्नेत महासचिव पदका उम्मेदवार रहनुभएको छ ।

त्यस्तै, कुन्छा दोर्जे डिम्दोङ सचिव पदका उम्मेदवार र विक्रम श्रेष्ठ कोषाध्यक्ष पदका उम्मेदवार रहनुभएको छ भने राज लामा तामाङ, कृष्ण ढकाल, भरत सापकोटा, विधा लक्ष्मी बज्राचार्य, सुवर्ण लामा, देवीप्रसाद गिरी, रेखा शर्मा, दिपककुमार राय, सुमनराज पाण्डे, गिता राउत सदस्य पदका उम्मेदवार रहनुभएको छ ।

यस्तै, संयुक्त व्यावसायिक समूहका नाममा एमाले निकट व्यवसायीहरूले नरेश गेलालको प्यानलबाट उम्मेदवारी दिएका छन् । यो प्यानलबाट सुजित कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष पदका उम्मेदवार, मधुकर रिजाल द्वितीय उपाध्यक्ष पदका उम्मेदवार, बैकुण्ठप्रसाद पौडेल तृतीय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिवमा उम्मेदवार रहनुभएको छ । त्यस्तै, अनिल बोगटी सचिव पदका उम्मेदवार, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार रहनुभएको छ भने चन्द्रबहादुर लिम्बू, रमा खडका, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरुङ, युवराज देवकोटा, कामेश्वर साह (राहुल) र राजेश यादव सदस्यको उम्मेदवार रहनुभएको छ ।

यसै गरी स्वतन्त्र उम्मेदवारमा प्रथम उपाध्यक्ष अख्तर हुसेन र सचिवमा ईश्वर सापकोटाले उम्मेदवारी दिएका छन् । यसभन्दा अघि संघको फागुन २ गते ३० औँ र ३१ औँ साधारणसभा बोलाइएको थियो । तर, उम्मेदवार विवादले रोकिएको थियो ।
अध्यक्ष पदका उम्मेदवार गुरुङले आफूलाई व्यवसायिक साथीहरूले सहयोग गर्ने बताउनुभएको छ । यस्तै, गेलाल पक्षका द्वितीय उपाध्यष मधुकर रिजालले व्यवसायीको समस्या धेरै भएको हुनाले यस क्षेत्रलाई कसरी कानुनी रूपमा सहज तथा व्यवस्थित गर्न सकिन्छ भनेर आफूहरूले योग्य उम्मेदवार उठाएको आफ्नो समूहलाई भोट प्रदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।