काठमाडौं
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन बिहीबार सोल्टी होटलमा सुरु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ शिखर सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गरिन् । उद्घाटनका क्रममा मन्त्री भट्टराईले अनुसन्धानबाट निस्कने निष्कर्षबाट नीति तथा योजना बनाउन सरकारलाई सहज हुने बताइन् ।
उनले सम्मेलनको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्ने गरी मार्गनिर्देश गरोस भन्दै सफलताको शुभकामना दिइन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपालको स्वास्थ्य सुधारका लागि आवश्यक नीति बनाउन मार्गनिर्देश गर्ने एउटा जिम्मेवार संस्था भएका कारण यो सम्मेलनलाई नेपाल सरकारले विगत बर्षदेखिनै प्राथमिकतामा राख्दै आएको बताइन् ।
उद्घाटन सत्रका अध्यक्ष तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा अजित रायमाझीले परिषद्को यो सम्मेलनले नेपालका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ताहरुलाई एकै थलोमा भेला गरी नेपालको स्वास्थ्य क्षेत्रको दिगो बिकासका लागि मार्ग निर्देश गर्नुका साथै अन्तर्राष्ट्रसँगको अध्ययन अनुसन्धानलाई फराकिलो बनाउन मदत पुर्याउँने लक्ष्य लिएको बताइन् ।

उक्त कार्यक्रमको विशेष अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले परिषदले स्वास्थय क्षेत्रको अध्ययन अनुसन्धानमा युवालाई अवसर दिने उदेश्यले यो सम्मेलन गरेको पाईयो । उनले सम्मेलनमा विगतका सम्मेलनका अनुसन्धानकर्ता र बर्तमानका अनुसन्धानकर्ताबीचको ज्ञान, सीप आदान प्रदान गर्न प्रमुख माध्यम बन्न सफल भएकोमा शुभकामना दिए । उनले समय धेरै अघि बढीसकेकाले अन्दाजमा गरिने निर्णय र काममा ठूला ठूला चुनौति र समस्या छन् । यसलाई चिर्दै अघि बढ्न समय सापेक्ष अध्ययन, अनुसन्धानको खाँचो रहेको अवस्थामा परिषद्ले यो सम्मेलन राख्नु निकै प्रशसनीय कार्य हो । अनुसन्धानबाट निस्कने निष्कर्ष सरकारका लागि नीति तथा योजना तर्जुमा गर्नका लागि निकै महत्वपूर्ण हुन्छ भने ।
त्यसैगरी विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आर.पी. बिच्छाले परिषदले गरेका यस्ता सम्मेलनको निष्कर्ष र अनुसन्धान राष्ट्रिय योजना आयोगले बनाउँने नीति तथा योजनका लागि महत्वपूर्ण हुने हुँदा दुई संस्थाबीचको सहकार्य खाँचो रहेको कुरा औँल्याए । उनले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको नकारात्मक असरलाई सुधार गर्ने नीति तय गर्न वातावरण बनोस् भने ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा परिषद्का पूर्व अध्यक्ष डा. अञ्जनी कुमार झाले विगत बर्षहरुमा पनि सम्मेलनबाट निस्केका निष्कर्ष सरकारलाई बुझाई नीति निमार्णका क्षेत्रमा आवश्यक सरसल्लाह दिँदै आएको र यो सम्मेलनले पनि निरन्तरता दिने विश्वास लिएकोछु भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य सुधारका क्षेत्रमा सरकारले गर्नुपर्ने काम, नीति तथा योजनामा सघाउ पुर्याउँने एउटा महत्वपूर्ण निकाय हो । यो संस्थाले बस्तुपरक, समय सापेक्ष तथ्य र तथ्यांकसहित मन्त्रालयलाई सघाउँदै आएकोछ । भविष्यमा पनि यसरीनै विगत बर्षमा भएका अध्ययन अनुसन्धानलाई कार्यान्वयनमा ल्याउँन घच्घच्याउनेछ । साथै देशमा स्वास्थ्य क्षेत्रका लागि आवश्यक, स्वास्थ्य संस्था, जनशक्ति, उत्पादिन जनशक्तिको दक्षता विकिासका लागि सरकारलाई सही मार्ग दिने विश्वास लिएकोछु । यसका साथै सहभागी अन्य मुलुकका अनुसन्धानविद् तथा बैज्ञानीकहरुको अनुभव साटासाट र भविष्यमा हुने सहकार्यले अध्ययन अनुसन्धानका क्षेत्रमा युवा पुस्तालाई थप मदत मिल्ने विश्वास लिएकोछु भने ।
सम्मेलनको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन, दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य–सचिव डा. प्रमोद जोशीले विहीवारदेखि सुरु भएको सम्मेलन ३ दिन सम्म चल्ने र यसका लक्ष्य र उद्देश्य समय सापेक्ष, जलवायु परिवर्तन, दक्ष युवा जनशक्तिलाई स्वदेशमै सम्भावना पहिचान गरी देशकै लागि केही गर्न प्रोत्साहित गर्ने लगायतका कार्यपत्र प्रस्तुति, अनुसन्धानमा जागरुक बनाउँने, हाल सम्म भएका अध्ययन अनुसन्धानलाई सहज उपलब्धता गराउने रहेको बताए ।











प्रतिक्रिया