काठमाण्डौं।
गृहमन्त्री रमेश लेखकले तीनकुने घटनामा घाइतेहरुलाई बुधबार साझँ काठमाण्डौंका विभिन्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गृहमन्त्री लेखकले घाइतेहरूको उपचारको व्यवस्था सरकारले मिलाउने बताए ।
“ मन्त्रिपरिषदको बैठकले पनि तीनकुने घटनाका घाइतेहरूलाई सरकारले उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।” उनले भने–“ अस्पतालले घाइतेको उपचार निःशुल्क गरेको वा नगरेकोबारे आफू बुझ्न आएको आएको छु ।”

उनले विरामीका आफन्तले आफैले खर्च गरिसकेको बिलको प्रमाणीकरण अस्पतालले गर्ने र त्यसको भुक्तानी सरकारले गर्ने पनि जानकारी दिए ।
“अहिले बाहिरबाट औषधि किनेर खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ, र त्यो बिल बराबरको भुक्तानी सरकारले गर्छ ।”
पुर्वराजावादीले राजसंस्था पुनस्र्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रर्दशनपछि भएको झडपमा दुई जनाको मृत्यु भएको थियो । अहिले उपत्यकाका विभिन्न अस्पतालमा गरी पाँच जना घाइते उपचाररत छन् ।
त्यसैगरी मन्त्री लेखकले जनकपुरको तवेला नगरपालिमा भएको आन्दोलनमा घाइते भएका संजय यादवको समेत स्वास्थ्य अवस्थाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यादव गत चैतको पहिलो सातादेखि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।











प्रतिक्रिया