काठमाडौँ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन बिहीबार देखि काठमाडौँमा हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । परिषद्को ३४ औँ स्थापना दिवसका अवसरमा उक्त सम्मेलन गर्न लागिएको हो । उक्त सम्मेलन ३ दिन सम्म चल्ने परिषद्ले जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले समुद्घाटन गर्ने उक्त सम्मेलनमा नेपाल, भारत, चीन, डेनमार्क, बेलायत र अमेरिकाका १ सय भन्दा बढी अनुसन्धान विद तथा बैज्ञानीकहरुको सहभागिता रहने परिषद्का कार्यकारी प्रमुख सदस्य सचिव डा.प्रमोद जोशीले जानकारी गराए ।
उक्त सम्मेलनमा विगतमा भएका छलफल, निष्कर्ष, कार्यान्वयनको अवस्थाको बारेमा समेत समिक्षा हुनेछ । सम्मेलनमा ६० भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछ । यस बर्षको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” भन्ने रहेको छ ।
परिसद्ले सम्मेलन तयारीबारेमा जानकारी दिने उदेश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा डा जोशीले आवश्यक तयारी पूरा भैसकेको जानकारी गराए । उनले उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरु प्रत्यक्ष रुपमा १ हजारको हाराहारीमा उपस्थित हुने र केही वक्ताले भर्चुअल माध्यमबाट पनि प्रस्तुति दिने जानकारी गराए ।
यस खालका सम्मेलनले अध्ययन, अनुसन्धान, नीति निमार्ण तहमा समेत टेवा पुग्नेछ । विगतका बर्षमा भएका सम्मेलनमा विदेशी सहभागीहरुले नेपालले यत्रो सम्मेलन कसरी गछौ भन्ने प्रश्न गरेर मेल पठाउँथे । जब नेपालको सम्मेलनमा सहभागी भए तब उनीहरुले धेरै कुरा सिकेको र नयाँ अनुभव गरेको जानकारी गराउँनुका साथै उत्साहित भएका छन् ।
यो सम्मेलनको मुख्य उदेश्य वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीच सहकार्यलाई बलियो बनाउनु रहेको जानकारी गराइयो । यस बर्षको सम्मेलनमा तत्काल नेपालमा ठूलो समस्याको रुपमा देखा परेको जलवायु परिवर्तन, स्वास्थ्य बीमा, दक्ष जनशक्ति विदेश पलाइन र मानसिक समस्या जस्ता बिषयमा केन्द्रीत हुने भएकोछ ।
यो सम्मेलन नेपाल सरकारकै आयोजनामा हुनलागेको र विगतका १० औं सम्मेलन सम्म सरकारलाई सघाउँने र योजना, तर्जुमाका लागि सहायक सिद्ध हुने सम्मेलनको निष्कर्ष आएकोछ र यो सम्मेलन पनि स्वास्थ्य सुधारका लागि सार्थक बन्ने विश्वास लिईएकोछ ।
सम्मेलनलाई सफल बनाउँन स्टेरिङ कमिटि, सेन्टेफिक कमिटि, अर्गनाइजिङ कमिटि तथा अवार्ड छनोट कमिटी, सब कमिटि गठन गरिएको छ । १४६ वटा मौखिक र १३० वटा पोष्टर प्रस्तुतिकरण प्राप्त भैसकेकोछ । प्राप्त भएका मध्ये ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतिकरणका लागि छनौट भएको जानकारी गराइयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विगत वर्षमाझैँ यो बर्ष पनि कार्यक्रमको समापनका अवसरमा स्वास्थ्य अनुसन्धान पत्रकारिता १ जना नेपाली पत्रकार र अध्य विधाका १३ वटा पुरस्कारहरु प्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराइयो । कार्यक्रम सोल्टी होटलमा बिहीबार बिहान ७ बजेदेखि सुरु हुनेछ।











प्रतिक्रिया