राजावादीहरूले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने


काठमाडौं ।

 राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमार्फत चैत १५ गते भएको आन्दोलनको क्रममा पक्राउ परेकालाई वैशाख २१ सम्म रिहा गर्नु पर्ने सर्त सो समितिको रहेको छ ।

 तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष नवराज सुबेदीसहित पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतलाई रिहा नगरे वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताए ।

 उनका अनुसार समितिले वैशाख २१ सम्म समय सीमा तोकेको छ ।