काठमाडौं ।
लामो समयपछि काठमाडौं उपत्यकामा बुधवार दिउँसो हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंको एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा वर्षा भइरहेको छ।
बुधवार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ।
मौसमविद् गोविन्द झाले वर्षाको क्रम भोलि (बिहीबार) सम्म पनि जारी रहने बताए। उनले भने, “आज दिउँसोदेखि सुरु भएको वर्षा बिहीबार बेलुका सम्म रहनेछ।”
देशभर वर्षा केही दिनसम्म सक्रिय रहने भए पनि काठमाडौँमा भने एक–दुई दिन मात्र प्रभाव रहने उनको भनाइ छ।
काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिनयता वायु प्रदूषणको स्तर उच्च थियो। प्रदूषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएका थिए।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। वर्षाले काठमाडौंलगायत प्रदूषण बढी भएका सहरहरूमा वायुको गुणस्तर सुध्रने अपेक्षा गरिएको छ।











प्रतिक्रिया