अछाम।
अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।
आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली, स्थानीयले प्रयास गरिरहेका छन्। अहिले मंगलसेन नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया