राप्रपाको कार्यक्रमस्थलबाट चार जना प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बल्खुमा जारी खबरदारी सभाबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बल्खुमा राप्रपाको प्रदर्शनबाट घुसपैठ गर्न खोजेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। तर उनीहरुको परिचय भने खुलेको छैन।

राप्रपाले बल्खुमा हुने कार्यक्रम शान्तिपूर्ण गर्ने बताउँदै आएको छ । यस्तै घुसपैठ गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन् ।