सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौँ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको बैठक नियमित हो ।

दिउँसो ३ बजे बैठक तय भएपनि ढिलोगरी बैठक सुरु भएको हो । आजको बैठकमा नयाँ गभर्नरको नियुक्तिबारे छलफल हुनसक्ने बुझिएको छ।

चैत्र २३ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गभर्नर पद रिक्त छ।