काठमाडौं।
यही चैत्र १५ गते तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा कुँवरलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।
अनुसन्धानको लागि उनलाई ललितपुरबाट पक्राउ गरिएको उनले बताए। कुँवरमाथि अहिले अनुसन्धान भइरहेको छ।
यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत हिरासतमा छन् भने प्रसाईं फरार छन् ।
प्रतिक्रिया