काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा बृहत स्वस्थ्य शिविर सम्पन्न

1.22k
Shares

काठमाडौं ।

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा चावहिको सेन्ट लरेन्स कलेज, चुच्चेपाटी, काठमाडौंमा बृहत स्वस्थ्य शिविर सम्पन्न भएकाे छ । शिविरमा १ हजार ३ सय भन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा पाएका थिए ।

काठमाडौं मेडिकल कलेजको प्राविकिध सहयोगमा मैजु कुमारी सामुदायिक सेवा समाज चावहिल मैजु बहालले नजिकिँदै गरेको नयाँ वर्षको अवसर पारी बृहत स्वास्थ्य शिविर सम्पन्न गरियाे । बृहत स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा, दन्त रोग, शल्यक्रिया, आँखा समस्या, बाल रोग, प्रजनन तथा स्त्री रोग, नाक, कान र घाटी, इसीजी, अल्ट्रासाउण्ड (भिडियो एक्सर), प्याथोलोजी तर्फ हेमोग्लोविन, ब्लसुगर, युरिकएसिड, युरिया, युरिन परिक्षण गरिएको थियो ।

उक्त कार्यक्रम लरेन्स फ्रन्टटायर्सक्लव, लरेन्स सोसल क्लव, लरेन्स आइटी क्लव, लरेन्स सहकारी आयोजक रहेका थिए । उक्त शिविरमा स्त्रीरोग तर्फ १ सय ६७ जना, आँखा २ सय जना, दन्त १५३ जना, ल्याब परिक्षण १९६ जना, भिडियो एक्सरे १ सय ३२ जना, इसीजी १ सय ४१ जनाले गराएको शिविर समन्वयकर्ता समिर जोशीले जानकारी गराए।

शिविरमा डा.लुमु मानन्धर, डा.अनुशिल कुमार थापा, डा.धनप्रसाद गुरुङ, डा.सुजन अधिकारी, डा.सुदिप बराही, डा. रमिता व्यञ्जनकार लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीको सहभागीता रहेको थियो ।