कामपामा दिनभर तनाव, सम्पर्कमा छैनन् मेयर,
पाण्डेको रबैयाविरुद्ध कार्यपालिका बैठकमा कुरा उठ्ने
काठमाडाैं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशन अवज्ञा गर्दै उपमेयर सुनिता डंगोल सहितका वडाअध्यक्ष र सबै कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराएका छन् ।
मेयर सचिवालयले लगाएको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइएको हो । कार्यकक्षमा प्रवेश गरेलगत्तै १ सय ३ दिनपछि गुरागाईंलाई कार्यालय हाजिर गराइएको थियो । उहाँ कार्यालय पुग्दा कर्मचारीहरूको ठूलो समूहले मेयर साहविरुद्ध नाराबाजी गरेका थिए । कामपा प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज शुक्रबारबाट नियमित काममा फर्कने बताउनुभएको छ ।
यस विषयमा दिनभर विवाद भइरहँदा मेयर बालेन्द्र साह सम्पर्कविहीन हुनुहुन्छ । उपमेयर सुनिता डंगोलले मेयर साहलाई कोठामा बसेर वक्तव्य जारी गर्नुभन्दा ‘फिल्ड’मा आउन आग्रह गर्नुभएको थियो । मेयर साहको निर्देशनमा कामु प्रहरी प्रमुख राजुनाथ पाण्डेले उहाँ चड्ने सवारी साधनमा लक लगाउने निर्देशन दिनुभएको थियो । कार्यालय समयमै कामपामा हाजिर हुने तयारी गरिरहँदा मेयरको सचिवालयको निर्देशनमा प्रशासकीय अधिकृत गुरागार्इंलाई सवारी साधन उपलब्ध नगराई प्रहरीलाई कार्यालय घेर्न पठाइएको थियो ।
मेयर साहले काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै कार्यकारी अधिकृत गुरागार्इंलाई बर्खास्त गर्नुभएको थियो । गत ७ पुसदेखि बिदामा रहनुभएका गुरागाईँ निर्दोष साबित भएपछि एक महिनाअघि कार्यालय आउन लाग्दा मेयर साहका स्वकीय सचिव भूपदेव साहले उहाँलाई रोक्नुभएको थियो । साहकै आदेशमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउनेदेखि सवारी साधनको साँचो खोस्नेसम्मका हर्कत भएको थियो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई प्रवेश गर्न नदिएको विषयमा साहसँग सम्पर्क गर्दा मोबाइल उठाउनुभएन ।
हिजो कार्यालयमा प्रवेश गर्न रोक लगाएका कामपाका कामु प्रहरी प्रमुख पाण्डेलाई अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले तपार्इंले लिखित आदेशमा ताला लगाउनुभएको कि मौखिक आदेशमा भनेर प्रश्न गर्नुभएको थियो । त्यसबेला पाण्डेले मौखिक आदेशमा ताला लगाएको बताउनुभएको थियो । खोल्न आग्रह गर्दा नमानेपछि कर्मचारीले ताला फोडेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई कामपामा हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि नै पत्र पठाएको थियो । मेयर साहले भने अर्को प्रशासकीय अधिकृत पठाइदिन ताकेता गर्नुभएको थियो ।
संघ सरकारले अटेर गरेपछि उहाँले प्रदेश सरकारलाई कार्यकारी पठाइदिन वा निमित्त कार्यकारीलाई आर्थिक अधिकार दिन माग गर्नुभएको थियो । हिजो कार्यकारी अधिकृतको कार्यकक्षमा प्रवेश गर्नबाट रोकेपछि उपमेयर डंगोलको नेतृत्वमा बोर्ड हलमा बैठक बसेको थियो । कार्यपालिकाका अधिकांश सदस्य तथा वडा अध्यक्ष र कर्मचारीको उपस्थिति रहेको बैठकमा मेयर साहले कोठे राजनीति गरेर हैरान गरेको आरोप लगाइएको थियो । सोही बैठकले नियमित कार्य सञ्चालन गर्ने निर्णय गरेपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न कार्यालय पुग्नुभएको थियो । कामपाका प्रवक्ता नवीन मानन्धरले मेयर साहकै कारण समस्या उत्पन्न भएको बताउनुभयो ।
मेयर साहले लामो समयदेखि व्यक्तिगत रिसिबी देखाएर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । शिक्षक र कर्मचारीले ३ दखि ५ महिनासम्मको तलब पाएका छैनन् । तलब र ठेकेदारलाई भुक्तानी दिन नपाएर आर्थिक संकट बढेपछि आन्दोलित भएका कर्मचारीले ७ दिनको अल्टिमेटम दिएर आन्दोलन गरेका थिए । चार दिनअघि स्थानीयतह कर्मचारी युनियन, स्थानीयतह कर्मचारीसंघ, नेपाल परिषद्, स्थानीय निकाय परिषद् र सफाई श्रमिक संघले विज्ञप्ति जारी गरी एकसाताभित्र तलब नपाए आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसअघि मेयर साहले कार्यकारी नपठाए सरकारी कर्मचारीलाई टुकुचामा गाड्नेसम्मको धम्की दिएका थिए ।
उपमेयर डंगोलले मेयर साहको चर्को आलोचना गर्दै महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,– ‘मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । कोठामा बसेर आदेश दिन पाइँदैन ।’ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंलाई कार्यालयमा छिर्न नदिन मुख्य भूमिका खेलेका काठमाडौं महानगरपालिकाका कामु नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले कर्मचारीले काम नगरेर कार्यालय कब्जा गर्न खोजेको भन्दै थर्काउनुभएको थियो । तर अधिकांश कार्यपालिकाको सदस्यले कामु प्रहरी प्रमुख पाण्डेकै कारण कामपा मुख्यालयमा हुलदङ्गा भएको आरोप लगाएका छन् । पाण्डेको पछिल्लो हर्कत र रबैयाको विषयमा कार्यपालिकाको बैठकमा कुरा उठाउने निर्णय भएको छ । उपमेयर सुनितासँग वडा अध्यक्षहरूले यो विषयमा कार्यपालिकाकै बैठकमा कुरा उठाउने बताएका थिए ।
पहिलो प्राथमिकता रोकिएको तलब : गुरागाईं

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो पहिलो प्राथमिकता कामपाका सबै कर्मचारीको तलब व्यवस्थापन गर्नु रहेको बताउनुभएको छ । मेयर बालेन्द्र साह र सरकारबीचको टकराब पछि पहिलो पटक कामपामा हाजिर हुन पुग्नुभएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले एकदुई दिनमै रोकिएको तलब व्यवस्थापन गर्ने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो,– ‘आजबाट हाजिर गरेको छु, भोलीबाट नियमित काम शुरु गरेर तलब व्यवस्थापन गर्नेछु ।’
कामपामा करिब ५ हजार कर्मचारीले तलब पाएका छैनन् । तीमध्ये शिक्षक र विद्यालय व्यवस्थापन खर्च, श्रम बैंकमार्फत रोजगार भएका करिब ३ सय कर्मचारीले ५ महिनादेखि र अन्य कर्मचारीले ३ महिनादेखि तलब पाएका छैनन् ।काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईले आफ्नो पहिलो प्राथमिकता कामपाका सबै कर्मचारीको तलब व्यवस्थापन गर्नु रहेको बताउनुभएको छ । मेयर वालेन्द्र साह र सरकारबीच पहिलो पटक हाजिर हुन पुग्नुभएका प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले एकदुई दिनमै रोकिएको तलब ब्यस्थापन गर्नु रहेको बताउनुभयो । भन्नुभयो– आजबाट हाजिर गरेको छु, भोलीबाट नियमित काम शुरु गरेर तलब व्यवस्थापन गर्नेछु ।
कामपामा करिब ५ हजार कर्मचारीले तलब पाएका छैनन् । ती मध्ये शिक्षक र विद्यालय व्यवस्थापन खर्च, श्रमबैक मार्फत रोजगार भएका करिब ३ सय कर्मचारीले ५ महिनादेखि तलब पाएका छैनन् । भने कर्मचारीले ३ महिनादेखि पाएका छैनन ।
कामुप्रहरी प्रमुख पाण्डेले कर्मचारी थर्काए, कार्यपालिका बैठकमा छलफल हुने

काठमाडौं महानगरपालिकाका कामु नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे कर्मचारीलाई थर्काउनुभएको छ । हिजो प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईलाई कार्यालयमा छिर्न नदिन मुख्य भुमिका खेलेका पाण्डेले कर्मचारीले कामनगरेर कार्यालय कब्जागर्न खोजेको भन्दै थर्काउनुभएको थियो ।
मेयर वालेन्द्र साहकोमात्र आदेशमान्ने गर्नुभएका कामुप्रहरीप्रमुख पाण्डेले उपमेयर,कार्यपालिकाको सदस्य र प्रमुख प्रशासकीय अधिकृत भन्दापनि मेयरको सचिवालयका सदस्यको आदेश मानेर कार्यकारी अधिकृतलाई कार्यकक्ष प्रवेशमा रोक लगाउनुभएको थियो ।
कार्यकारी अधिकृत गुराँगाई हाजिर हुन आउदै हुनुहन्छ भन्ने जानकारी पाउनासाथ कामु प्रहरी प्रमुख पाण्डेले मेयर साहको आदेशमा सयबढी प्रहरी परिचालन गर्नुभएको थियो । स्रोतकाअनुसार कार्यकारीलाई कार्यलय प्रवेशमा रोक लगाउने र प्रमुख प्रशासकीय अधिकृतको सवारी साधनमा लक लगाउने काम पाण्डेबाटै भएको हो ।
कार्यकारी चढ्ने सवारी साधनमा लक लगाउने अधिकार नगरप्रहरीसंग मात्र हुन्छ । उपमेयर र कार्यपालिकाकासदस्यले समेत गाडीको लकखोल्न आग्रहगर्दा प्रहरीले अटेर गरेको थियो । भने कार्यकक्षको ताला खोल्न इन्कार गरेको थियो । कार्यकक्षको ताला फुटाउन खोज्दा पाण्डेकै निर्देशनमा प्रहरीले रोकेको थियो ।
त्यसक्रममा ढोकाको सिसाफुटेपछि कामु नगर प्रहरी प्रमुख पाण्डे आक्रोशित बन्नुभएको थियो । उहाले कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिनुभएको थियो । पाण्डेले प्रत्रकारलाई समेत प्रवेशमा रोक लगाएका थिए । आक्रोस पोख्दै भन्नुभयो–हामी चेनअफ कमाण्डमा रहेका हौ, आदेश जे हो त्यो पालना गर्छो । स्पष्ट आदेश हो तामझाम गरेर आउनुहुदैन भन्नुभयो ।
कर्मचारीसंग अक्रोसहुदै उहाँले चेतावनी दिनुभयो–केही कर्मचारीको रबैया देखियो कुर्सीमाथि चढेर हरकत देखाउनुभएको छ । हामीपनि कर्मचारी हौँ राजनीति भाषा बोल्दैनौ भन्नुभयो । अब के हुन्छ त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो जे भैरहेको छ , त्यही हुन्छ । यस विषयमा पछि कुरौला ।
अधिकांस कार्यपालिकाको सदस्यले कामु प्रहरीप्रमुख पाण्डेकै कारण कामपा मुख्यालयमा हुलदंगा भएको आरोप छ । पाण्डेको पछिल्लो हरकत र रबैयाको विषयमा कार्यपालिकाको बैठकमा कुरा उठाउने निर्णय भएको छ ।उपमेयर डंगोलसंग वडा अध्यक्षहरुले कुरागर्दा भन्नुभयो–यो विषयमा कार्यपालिकाकै बैठकमा कुरा उठाउँनेछौ ।
आजबाट नियमित हाजिर गर्नुहुन्छः प्रवक्ता मानन्धर

कामपाप्रवक्ता नबिन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाई आज शुक्रबारबाट नियमित काममा फर्कने बताउनुभएको छ । काठमाडौं टावर निर्माणको क्रममा अनियमितता गरेको आरोपमापदबाट हटाएका अधिकृत गुरागाईलाई छानबीनगर्न गठन गरेको समितिको प्रतिवेदन बुझाउन नसकेर कामपा विभागीय समितिले समेत निर्दोष ठहर गरेको थियो ।
सोही आधारमा एकमहिनाअघि हाजिर हुन खोज्दा मेयर सचिवालयले रोकेको थियो । एकमहिनापछि हिजो बिहीबारबाट हाजिर हुनुभएको छ । विवादबीच हाजिर हुनुभएका प्रसाअधिकृत गुँरागाईलाई उपमेयर सहित कार्यपालिका सदस्यले हाजिर गराउनुभएको थियो ।
हिजोबाट हाजिर भैसक्नुभएको छ । अब मन्त्रालयले सरुवा नगरेसम्म काम गरिरहनुहुनेछ , कसैले रोक्न सक्दैन । उहाँले गुँरागाई भन्दापनि प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न रोक लगाउनु अपराध सरह भएको उहाँको धारणा थियो ।
प्रतिक्रिया