शुक्रबार रिलिजमा आएको फिल्म ११ः५५ (डु नट ट्रस्ट एनिवन) को बुधबार राजधानीमा रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको छ।
फिल्म हेर्नेहरूले क्राइम थ्रिलर जनरामा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिएका छन्। अभिनेत्री मलिना जोशीले ११ः५५ मा नेपालमा क्राइम थ्रिलर जनरामा बनेको उत्कृष्ट फिल्म भएको बनाइन्। ‘सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ। अझ विशेषतः अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको छ’ जोशीले डेब्यु निर्देशक केशव पाण्डेले सस्पेन्स क्राइम थ्रिलर जनराका फिल्म रुचाउने दर्शकका लागि उत्कृष्ट फिल्म पस्केको जनाउँदै भनिन्।
निर्देशक सुवर्ण थापाले उटा घरभित्र गजवले सिनेमा सक्काएको भन्दै डेब्यु निर्देशक पाण्डेको तारिफ गरे। फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, डेब्यु अभिनेता सागर खनाललगायतले पनि प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित बनाएको बताए।
फिल्मका डेब्यु निर्देशक केशव पाण्डेले आप्mनो लामो समयदेखिको मिहिनेत र सपना साकार भएको बताए। ‘मैले जुन सपना देखेर यो सिनेमा निर्माण गरेको थिए, त्यो पाउँदा निकै खुशी लागेको छ। मेरो कथालाई मैले छानेका कलाकारले जीवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा आभारी छु’ निर्देशक पाण्डेले भने।
केशव पाण्डेको लेखन र निर्देशनमा बनेको फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन, अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी र पासाङ दावा शेर्पाको सम्पादन रहेको छ।
विचित्र फिल्म्स् र गुड जब आट्र्सको ब्यानरमा श्याम शर्मा र सरोजा शर्माद्वारा निर्मित फिल्ममा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीलगायतले अभिनय गरेका छन्। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्।
प्रतिक्रिया