एआइ (आर्टिफिशियल इन्टेलिजेन्स) ले आज पुरै संसारलाई आफ्नो नियन्त्रणमा राखिसकेको छ । यो टेक्नोलोजी लगातार विकसित भइरहेको छ र हरेक क्षेत्रमा यसले पकड पनि बनाइरहेको छ ।
अमेरिकन भेन्चर क्यापिटल फर्म ‘सिकोइया क्यापिटल’ (Sequoia Capital)को अनुसार, सन् २०३० सम्म एआइ एक प्रोफेशनल राइटर भन्दा राम्रो आर्टिकल लेख्ने सक्षम हुनेछ । यसबाहेक अन्य कामहरूमा पनि दक्ष हुनेछ ।
अनलाइन डाटाबेस ‘स्टेटिस्टा’ अनुसार एआइको मार्केट रिभेन्यू २०२५ सम्म करिब १०० खर्बभन्दा बढी हुने संभावना छ । एआइको प्रभाव बढेको कारण कामदारहरूका लागि जागिर जाने डर सताइरहेको छ । अर्को पढेर जागिर खाने सपना देखिरहेका युवाहरूको लागि समेत यसले असर गर्ने देखिएको छ ।
एआई बारे यहाँ प्रस्तुत गरिएको छ ।
आर्टिफिशियल इंटेलिजेंस (एआइ) के हो ?
-एआइ साइन्स एन्ड टेक्नोलोजीको एक पार्ट हो । यसमा मेसिनहरूमा मान्छेहरूको जस्तै सोच्ने, महसुस गर्ने, सिक्ने र समस्याहरूको समाधान गर्ने क्षमता विकसित गरिन्छ । एआइ मेसिनहरु वा टूल्स इंटरनेटमा भएका डाटाको आधारमा आउटपुट दिन्छ ।
कम्प्यूटर साइन्टिस्ट एलन ट्यूरिंगले सन् १९५० मा भविष्यवाणी गरेका थिए कि केही दशकभित्र कम्प्यूटर मानव मष्तिष्कको नकल गर्नेछ । आज एआइको रूपमा हामी यस भविष्यवाणी साँचो साबित भएको हेर्न सकिन्छौं ।
एआइ हाम्रो जीवनमा कस्तो प्रभाव पारिरहेको छ ?
- एआइ आज हाम्रो दैनिक जीवनको पार्ट बन्दै गएको छ । यो टेक्नोलोजी हाम्रो सोच्ने–महसुस गर्ने र निर्णय लिने क्षमतामा प्रभावित गरिरहेको छ । फेसबुक, इंस्टाग्राम र यूट्यूब जस्तो प्लेटफम्र्स आज ब्क्ष् को प्रयोग गरेर व्यक्तिगत कन्टेन्ट र विज्ञापन देखाउँछ ।
यस्तै ई–कमर्स कंपनीहरू एआइको मद्दतबाट यूजर्सको मनपर्ने आधारमा उनलाई उसकै तरिकाको प्रोडक्ट्स सजेस्ट गरेको हुन्छ । भन्नुपर्दा सोशल मीडिया वा ई–कमर्स कंपनिहरुको एल्गोरिदम तपाईँले सोच्ने—महसुस गर्ने र सर्च गर्ने आधारमा काम गर्छ । जो हरेक यूजरको अनुसार अलग–अलग हुन्छ । फिलिमहरूमा पनि एआइको प्रयोग गरेर स्पेशल इफेक्ट, कैरेक्टर र स्टोरी लाइन बनाएको हुन्छ ।
जागिरको पेशामा लाग्नेहरूको लागि एआई बाट के खतरा छ ?
- एआई मेसिनहरू मान्छेहरूको तुलनामा धेरै छिटो, कुशल र सहजपनासँग काम गर्न सक्षम भइरहेको छ । यस्तोमा जागिर गर्नेहरूमाथि बढी सन्देह हुनु पनि स्वाभाविक नै हो । विज्ञको अनुसार एआई मेसिनहरू डाटाको आधारमा पैटर्न र पूर्वानुमान गर्छ । यसले मान्छेहरूलाई मद्दत गर्न सक्छ तर, यसले मान्छेको स्थान लिन सक्दैन । एआई को युगमा सजग बन्न के गर्नुपर्छ ?
- यो कुरा पक्कै छ कि एआई बाट जागिरेहरूको लागि खतरा नै छ । तर, यसको मतलब यो होइन कि सबै जागिर समाप्त हुनेछ । ब्क्ष् को युगमा सजग भइरहन आफूलाई नै मान्छेहरू अपग्रेड हुन जरुरी हुन्छ । एआई धेरै चीजहरू गर्न सक्छ तर, मान्छेहरूको क्रिएटिभिटी, इमोसन्स र सोच्ने–महसुसग गर्ने क्षमतामा प्रतिस्पर्धा गर्न सक्दैन । एआई जागिरको अटोमेट गर्न सक्छ, तर, लीडरशिप र टीमवर्क जस्ता भुमिकाहरूमा जिम्मेबारी लिन सक्दैन । यसैले ब्क्ष् सँग मिलेर काम गर्नको लागि नयाँ टेक्नोलोजीबारे जानकारी हासिल गरिरहनु पर्छ । यसको लागि अनलाइन कोर्स, सेमिनार जस्ता कार्यक्रममा भाग लिन सकिन्छ । एआई ले कुन कुन क्षेत्रमा प्रभाव पार्न सक्छ ?
— एआई इन्फोर्मेशन टेक्नोलोजी (क्ष्त्) इन्डस्ट्रीलाई दु्रत गतिमा परिवर्तन गरिरहेको छ । यसले सफ्टवेयर डेभलपमेन्ट, साइबर सिक्योरिटी र डाटा एनालिटिक्सलाई सहज बनाइदिएको छ । यो फिल्डमा काम गर्नेहरूको डिमान्ड घट्न सक्छ ।
— एआईले राइटिंग, ग्राफिक्स मेकिंग, भिडियो एडिटिंग, अडियो प्रोडक्शनलाई सजिलो बनाइरहेको छ । यसको सबैभन्दा असर मिडिया र इन्टरटेनमेन्ट इन्डस्ट्रीमा पर्न सक्छ । यसले मिडया क्षेत्रमा काम गर्ने अवसर कम हुनसक्छ ।
-एआई बाट हेल्थकेयर इंडस्ट्रीमा पनि ठूलो परिवर्तन भइरहेको छ । यो बिरामीहरुलाई छिटो र सहज उपचार गर्न मद्दत गरिरहको छ । साथै ट्रीटमेंट प्लान, मेडिकल रिसर्च र मेडिसिनको प्रोडक्शनमा समेत अहम भुमिका खेलिरहेको छ । यसले मेडिकलमा जागिर खानेहरूको लागि खतरा बढ्न सक्छ ।
- एआई ले गर्दा पढ़ाई मात्र पुस्तकहरू र क्लासरूमसम्म सीमित हुँदैन । यसको मद्दतबाट पर्सनलाइज्ड लर्निंग, भर्चुअल टीचिंग, स्मार्ट क्लासरूम र एडभान्स्ड असेसमेन्ट सिस्टम जस्ता सुविधाहरू शिक्षाको क्षेत्रमा क्रान्ति ल्याइरहेको छ । यसको सीधा असर टीचिंग र एडमिनिस्ट्रेशनसँग सम्बन्धित जागिरमा पर्न सक्छ ।
-अटोमोबाइल र इलेक्ट्रोनिक्स इन्डस्ट्रीमा रोबोटले मान्छेहरूको स्थान लिइरहेको छ । यस्तोमा अटोमेशन र मेसिन लर्निंगको कारणबाट प्रोडक्शनमा मान्छेहरूको डिमान्ड घट्दै जाने सक्छ ।
-डिजिटल मार्केटिंग, कंटेंट क्रिएशन, एड क्याम्पेन म्यानेजमेन्ट र डाटा एनालिटिक्स जस्ता क्षेत्रहरूमा पावर्ड टूल्स छिटो अपनाइरहेको छ । यसले कयौं जागिरहरूमा खतरा भइरहेको छ ।
प्रतिक्रिया