भक्तपुर ।
नववर्षको आगमनसँगै सुरु भएको भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्केट जात्राको चौथो दिन आज राती ५५ हात लामो लिङ्गो( ाति ल्योसिंद्य )उठाईंएको छ । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा लिङ्गो उभ्याइएको हो । साँझदेखि तान्न सुरु गरेको ल्योसिंद्य राति आठ बजे उठाउन सफल भएको हो ।
हजारौं जात्रालुको सहभागीतामा लिङ्गो उभ्याउन सुरु गरिन्छ । नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् ।लिङ्गो उठाएपछि स्थानीयवासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् ।
यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ ।पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा : जात्रा मनाइन्छ ।
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा राखिएको लिंगोलाई डोरीको सहायताले सयौँ मानिसले तानेर उठाइन्छ । विस्का जात्रामा लिङ्गो उठाउने भएकैले यो ठाउँं ल्योसिंखेल (लिङ्गो उठाउने ठाउँं) को नामले सुपरिचित छ ।सयौँ मानिसले एकसाथ डोरी तानेर उठाउनुपर्ने भएकाले लिङ्गो उठ्ने समय अनिश्चित हुने गरेको छ ।
५५ हात लामो लिङ्गो उठाउन मुस्किल पनि हुने भएकाले कुनै वर्षहरुमा उक्त दिन लिङ्गो नउठने गरेको पनि इतिहास छ । साथै कुनै वर्ष लिङ्गो राति १० एघार बजेमात्रै उठाउन सकिएको इतिहास पनि छ ।
लामो लिङ्गो उठाउनुपर्ने भएकाले कहिलेकाही उठाउँंदाउठाउँंदै भाँचिने पनि गरेको छ। त्यसो हुनाले एउटा मात्रै लिङ्गो उठाउने भए पनि अर्काे एउटा थप जगेडा गरी जात्रास्थलमा दुई वटा लिङ्गो राखिन्छ । ताकि पहिला उठाउन सुरु गरेको लिङ्गो उठाउने क्रममा भाँंचियो भने अर्काे उठाउन सकियोस् ।
लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।
बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ ।











प्रतिक्रिया