रामेछाप ।
प्रेस चौतारी नेपाल रामेछापले नयाँ वर्ष २०८३ को भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ। सोमबार मन्थलीमा आयोजित एक समारोहका बीच पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
प्रेस चौतारी रामेछापका अध्यक्ष लेख बहादुर बिकको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य युनिक विफा घिसिङ प्रमुख आतिथ्यतामा सम्पन् भएको हो । कार्यक्रममा जिल्लामा व्यावसायिक पत्रकारिताका चुनौतीबारे छलफलसहित नयाँ बर्ष २०८३ सालको अवसरमा शुभकामना आदन प्रदान गरिएको थियो ।
सरकारको नितिका कारण मिडिया संकटमा पर्ने भन्दै सहभागि बक्ताहरुले कडा विरोध जनाएका थिए । कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल सरकारले सरकारी सूचना र विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने गरी गरेको निर्णयप्रति कडा आपत्ति जनाएका हुन् । सरकारको यो कदमले देशभरका साना लगानीका र स्वरोजगारमूलक मिडियाहरू बन्द हुने अवस्थामा पुगेको उनीहरूको ठहर छ।
कार्यक्रममा पत्रकारहरुदे सरकारले विभेदकारी विज्ञापन नीति तत्काल नसच्याए देशभरका पत्रकारहरू सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। यसका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरी दबाब दिने कार्यक्रममा बताइएको थियो।
कार्यक्रममा नेकपा एमाले रामेछापका सचिब प्रकाश कार्की¸ नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक कुमार घिमिरे, महासंघका केन्द्रीय सदस्य नवराज पथिक, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, प्रेस चौतारी बागमती प्रदेशका सचिव नवराज श्रेष्ठ, प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ, समाजवादी प्रेस संगठनका अध्यक्ष कैलाश खत्री र नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष रमेश ढुङ्गेलले आ-आफ्नो धारणा राख्नुभएको थियो ।











प्रतिक्रिया