इरानकाे हर्मुज जलमार्ग बन्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणापछि कच्चा तेलको मूल्य फेरि बढ्यो


एजेन्सी ।

विश्व बजारमा कच्चा तेलको मूल्य फेरि एक सय डलरप्रति ब्यारेल नाघेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा रहेकाे हर्मुज जलमार्गमा नाकाबन्दीको घोषणा गरेसँगै तेलको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका हुन् । कच्चा तेलको मूल्य करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १ सय २ डलर पुगेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य १ सय ४ डलरसम्म उकालो लागेको र यसले विश्व शेयर बजारमा समेत नकारात्मक प्रभाव पारेको सीएनएनले जनाएको हाे ।

राष्ट्रपति ट्रम्पले इरानलाई आफूखुशी तेल बेच्न नदिने चेतावनी समेत दिएका छन् । जसका कारणसले खाडी क्षेत्रमा तनाव थप बढाएको हाे । हर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल मार्ग मध्ये एक हो । त्यहाँबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुन्छ । यता इरानी सेनाले हर्मुज जलमार्गमा आउने सैन्य जहाजहरूमाथि कडा कारबाही गर्ने जनाएको हाे । जसले पश्चिम एशियामा सम्भावित युद्धको जोखिम झनै बढाएको छ ।

विश्लेषकहरुले तेलको मूल्य बढ्दै गएमा पेट्रोलियम पदार्थ महँगो हुने र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुने जोखिम बढेको बताएका हुन् ।