काठमाडौँ
भक्तपुरको कौशलटारमा हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट कार्यक्रम साहित्यकार गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो अभियान’ अन्तर्गत प्रमुख अतिथि तारानाथ घिमिरेलाई ‘ज्येष्ठतम् पुरुष सम्मान’, ९४ वर्षीया मनिकर्णिका निरौलालाई ‘ज्येष्ठतम् चेली सम्मान’, इन्दिरा घिमिरेलाई ‘ज्येष्ठतम महिला सम्मान (पन्ध्रौँ पुस्ता)’, वंशावलीका विशेष सहयोगी सम्पादक पशुपति घिमिरेलाई ‘विद्वत् सम्मान’ तथा सङ्कलक तथा सम्पादक गणेश घिमिरे ‘मार्मिक’लाई ‘सम्पादक सम्मान’ प्रदान गरिएको थियो ।
सत्रौँ पुस्ताको आयोजनामा सम्पन्न कार्यक्रममा सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भावी पुस्तामा ज्येष्ठ नागरिकप्रति सकारात्मक भावना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्वागत मन्तव्य रमेश घिमिरेले राख्नुभएको थियो भने सञ्चालन हरि घिमिरेले गर्नुभएको थियो । साथै पुस्तक समीक्षा साहित्यकार तथा समालोचक डा. रमेश शुभेच्छुले प्रस्तुत गर्नुभएको थियो ।











प्रतिक्रिया