काठमाडौँ।
उप्रेती समाजसेवा समितिले वार्षिक साधारण सभाको अवसरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित कान्छो सांसद प्रशान्त उप्रेती र रिना उप्रेती केसीलाई सम्मान गरेको छ । उप्रेतीद्वय राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद हुन् ।
साधारण सभामा समितिले प्रकाशन गरेको ‘उप्रेती संसार– २०८२’ पुस्तक र २०८३ सालको भित्तेपात्रोको लोकार्पण समेत गरिएको थियो । सो क्रममा पुस्तक प्रकाशनमा सहयोग गर्ने राजेन्द्र उप्रेती र उनको परिवारलाई पनि सम्मान गरिएको थियो ।
‘उप्रेती संसार– २०८२’ पुस्तकमा समेटिएको विषयवस्तु र उप्रेतीहरुको पारिवारिक पृष्ठभूमिको विषयमा साहित्यकार नन्दु उप्रेतीले चर्चा गरेका थिए ।
कार्यक्रमका सभापति समितिका अध्यक्ष एवम् समाजसेवी शोभित उप्रेतीले ‘उप्रेती संसार– २०८२’ पुस्तकबाट उप्रेतीहरुको वंश लगायतका विषयमा धेरै जानकारी लिन सकिने भएकोले पुस्तक प्रकाशन उपलब्धि मूलक रहेको बताए ।
सांसदद्वय प्रशान्त उप्रेती र रिना उप्रेती केसीले मानिसको पहिचान महत्वपूर्ण हुने उल्लेख गर्दै पहिचानको लागि बंशको सामिप्यता आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, जनस्रोत विज्ञ धर्म उप्रेती, समाजका महासचिव लक्ष्मण प्रसाद उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।











प्रतिक्रिया