खेलमा कला:  ‘हुलाहुप’ पछि ‘रिबन र सिल्क फेन’ डान्स


काभ्रे, पनौती ।

सम्भवतः नेपालमै पहिलो पटक रिबन र सिल्क फेन डान्स भित्राएकी १३ स्पदन चापागाईं  हुलाहुप खेलमा पनि त्यत्तिकै पोख्त छिन्  । एक वर्ष लामो प्रशिक्षण र नियमित अभ्यासले खारिएपछि अहिले उनलाई स्टेज कार्यक्रमहरुमा समेत बोलाउन थालिएको छ । 

नेपालमा त्यति चर्चा नभए पनि प्राचीन कालदेखि सुरु भएको ‘हुलाहुप’ ‘रिबन, सिल्क फेन’   ग्रिस, रोम, इजिप्ट लगाएतका देशहरुमा पहिले मानिसहरु काठ, घाँस वा धातुको घेरा घुमाएर आफ्नो कला देखाउथे  । १८औं  शताब्दीमा ब्रिटेनमा बच्चाहरुले कम्मरमा घेरा घुमाउने खेल खेल्थे , यो खेल हवाइको ‘हुला नाच’ जस्तो देखिने भएकोले ‘हुलाहुप’ नाम राखिएको कथन छ । सन १९५८ मा एक कम्पनीले पलाष्टिको हुलाहुप बजारमा ल्याएपनि यो खेल तथा कला संसार भर लोकप्रिय हुन थालेको बताइन्छ ।

 ‘हुलाहुप’ को प्रशिक्षण ६ चरणमा पार गरेको बताउदै स्पन्दन भन्छिन्– रिबन र सिल्क फेन डान्सको प्रशिक्षण भारत र अमेरिकाका प्रशिक्षण्कहरुले दिदैछन् । यो खेल तथा कला सिक्न र प्रदर्शन गर्न विद्यालयबाट नै प्रेरणा पाएको बताउदै स्पन्दन भन्छिन् – नौलो खेलको कला सिक्न र प्रदर्शन गर्न मन लाग्छ तर आवश्यक सामाग्री नेपालमा नपाउँदा दुःख लाग्छ ।

  पछिल्लो समय नेपालमा ‘हुलाहुप’ सिल्क फेन डान्स र रिबन डान्स  आधुनिक खेल कला र व्यायामको लोकप्रिय माध्यम पनि बन्दै गएको छ । यो कला व्यायाम र फिटनेसका लागि मात्र हैन प्रतियोगिता र नृत्यकापनि यो प्रयोग हुने स्पन्दन वताउँछिन ।