स्वरकी अमर धरोहर आशा भोसलेको निधन


काठमाडौं ।

भारतीय चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। भारतको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा आइतबार (चैत २९) उनको उपचारका क्रममा निधन भएको हो।

हृदयाघात भएपछि शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइतबार उनले अन्तिम सास लिएकी भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय संगीत क्षेत्रमा दशकौंसम्म सक्रिय रहेकी भोसलेले हजारौं गीतमा आफ्नो स्वर दिएकी थिइन्। विविध शैलीका गीतमा समान दक्षता प्रस्तुत गर्दै उनले शास्त्रीय, आधुनिक, चलचित्र तथा लोकधुनसम्म आफ्नो अलग पहिचान स्थापित गरेकी थिइन्।

उनको निधनसँगै भारतीय संगीत क्षेत्रमा एक युगको अन्त्य भएको विश्लेषण गरिएको छ। उनका गीतहरू नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा अत्यन्त लोकप्रिय रहँदै आएका छन्।