युट्युबमा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक पक्राउ


काठमाडौं ।

पाँचथरमा युट्युबमार्फत प्रधानमन्त्री तथा अन्य नेताहरूविरुद्ध अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेल रहेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो। ‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।