अभिनेत्री, मोडल तथा गायिका सारिका घिमिरेले गुन भुल्यौ पित्तलको सुन पायौ होलाको सफलतापछि गुन भुल्यौ–२ साइँला दाइ बोलको गीत सार्वजनिक गरेकी छिन्।
उनकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायाँकन र मनोज कार्कीको सम्पादन छ।
प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीले अभिनय गरेका छन्।
गुन भुल्यौ पित्तलको सुन पायौ होलालेजस्तै गुन भुल्यौ–२ साइँला दाइले पनि माया पाउनेमा आशावादी रहेको सारिकाले बताइन्। गीतमा आफूले माया गरेको मान्छे, आफूले गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ।
गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताएकी सारिकाको यो गीतमा टिकटक र रिल्समा पनि भिडियो बनिरहेका छन्। गीतको भिडियो सारिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।











प्रतिक्रिया