पराजुलीको अध्यक्षतामा १५ सदस्यीय ब्लोदान ललितपुर जिल्ला महालक्ष्मी नगर समिति गठन


काठमाडौं ।

ब्लड डोनर्स एसोसिएन नेपाल (ब्लोदान) ललितपुर जिल्ला शाखाअन्तर्गत महालक्ष्मी नगर समिति गठन तथा रक्तदानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाश पराजुलीको अध्यक्षतामा १५ सदस्यीय ब्लोदान ललितपुर जिल्ला महालक्ष्मी नगर समिति गठन गरिएको छ । समितिमा धनबहादुर श्रेष्ठ, शुष्मा श्रेष्ठ, रवि महर्जन, विन्देश नगरकोटी, प्रल्हाद सिलवाल, प्रभाकर सिलवाल, पुष्कर केसी, सुरेश थापा, परेश गजुरेल, विष्णुकुमार श्रेष्ठ, विद्या शाक्य, रामशरण पौडेल र हरि कार्की सदस्य रहनुभएको छ ।

ब्लोदान ललितपुर जिल्ला शाखाका अध्यक्ष सानुलाल महर्जनको सभापतित्व तथा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाश यादवले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा ब्लोदानका महासचिव मचाकाजी महर्जनले ब्लोदान तथा स्वयम्सेवी रक्तदान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि राजेश श्रेष्ठले ब्लोदानको उद्देश्यबारे प्रकाश पार्नु हुँदै महालक्ष्मी नगर समिति गठनले त्यस क्षेत्रमा स्वयम्सेवी रक्तदान अभियानमा महत्वपूर्ण भूमिका रहने विश्वास लिनुभयो ।
ब्लोदान ललितपुर जिल्लाका सदस्य नवीन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कोषाध्यक्ष सरस्वती महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

चन्द्रसूर्य पुस्तकालयको ५४औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा तथा याउँ नेवाः फुड एन्ड होम स्टेको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।