नेकपा निष्कर्ष: विद्यार्थी संगठन खारेज गर्न नहुने


काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी तथा ट्रेड युनियन संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउने निर्णय गलत भएको निष्कर्ष निकालेको छ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले विद्यार्थी संगठन र ट्रेड युनियनमाथिको प्रतिबन्धले जनताको अधिकार कुण्ठित हुने बताएको हो। नेता जगन्नाथ खतिवडाका अनुसार यस्तो कदम स्वीकार्य नहुने र पार्टी यसको विपक्षमा उभिने निर्णय गरिएको छ।

सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय समावेश गरेपछि राजनीतिक दल तथा विभिन्न संगठनहरूले आपत्ति जनाउँदै आएका छन्।

बैठकले यस विषयमा थप निष्कर्ष र निर्णय आगामी बैठक (३ वैशाख) मा सार्वजनिक गर्ने जनाएको छ।