काठमाडौँ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल ले प्रधानमन्त्री तथा सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएको र जननिर्वाचित संस्थामा नियमित रूपमा नबोल्ने प्रवृत्तिले प्रश्न उठाएको बताएका छन्।
पोखरेलले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा पनि ढिलाइ भएको उल्लेख गर्दै पारदर्शितामा कमी देखिएको आरोप लगाए। साथै, प्रतिनिधिसभाका सभामुखको सम्पत्ति विवरणप्रति समेत शंका व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र सुशासन कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे।
उनका अनुसार नयाँ नेतृत्वले सुशासन र पारदर्शिताका प्रतिबद्धता पूरा गर्न नसकेको र पुराना दल तथा नेतामाथि अनास्था फैलाएर राजनीतिक वातावरण प्रभावित गर्ने प्रयास भइरहेको छ।











प्रतिक्रिया