काठमाडौ ।
काठमाडौँमा वैदेशिक रोजगारीका नाममा ठूलो रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
आकर्षक तलबको प्रलोभन देखाएर बुल्गेरिया पठाइदिने भन्दै रु ९१ लाख ९० हजार ठगी गरेको अभियोगमा सल्ल्यानका दीपेन्द्र कुँवर (३२) र घने बुढा (२४) लाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिएका छन्।











प्रतिक्रिया