काठमाडौँ।
पोखरामा केही दिनअघि भएको एक महिलाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
यही चैत २५ गते साँझ पोखराको सभागृह चोक क्षेत्रमा सिर्जना पौडेल केसीमाथि धारिलो हतियार (खुँडा) प्रयोग गरी आक्रमण गरिएको थियो। घटनापछि घाइते अवस्थामै उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको भए पनि अत्यधिक रक्तस्रावका कारण उनको ज्यान गएको थियो।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार घटनामा संलग्न दुई जनालाई कास्की र रुपन्देहीबाट पक्राउ गरिएको हो। यसबारे विस्तृत जानकारी केही समयमै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
साँझ करिब ७ बजेर ६ मिनेटतिर पृथ्वी चोक नजिक सडकपेटीमा उभिएकी सिर्जनामाथि अचानक आक्रमण भएको थियो, जसले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको थियो।











प्रतिक्रिया