एक–अर्कालाई घृणाले होइन, प्रेमले जित्न सक्छौँ

1.32k
Shares

एउटा कथा छ । एकजना निकै वृद्ध महिला थिइन् । उनको घरनजिकै एउटा जग्गामा उनले केही जनावरहरू पालेकी थिइन् । उनको घरमा एउटा सानो मुसो पनि बस्ने गथ्र्याे । ती महिलालाई शङ्का लाग्थ्यो– उनको घरमा कुनै मुसोचाहिँ अवश्य हुनुपर्छ । एकदिन उनले मुसा मार्न भनेर एउटा मुसाको पासो किनेर ल्याइन् । जब मुसालाई थाहा भयो– ‘त्यस महिलाले मलाई मार्नका लागि पासो किनेर ल्याएकी छे ।’ उसलाई एकदमै चिन्ता भयो । उसले सोच्यो– ‘महिलाले त्यो पासोमा केही न केही खानेकुरा त राख्ने नै छे । जब मलाई भोक लाग्छ, मैले पासोभित्र पस्नुपर्ने हुन्छ । त्यसपछि त म फस्नेछु । अँ…! यो त राम्रो कुरा भएन ।’

त्यसपछि उसले कुखुराकहाँ गएर सहायता माग्दै भन्यो, ‘साथी, मलाई बचाउनुहोस् !’ कुखुरोले भन्यो, ‘के भयो ? तिमी यति धेरै दुःखी किन छौ ?’
तब त्यो मुसोले भन्यो, ‘त्यो बूढी महिलाले मलाई मार्नका लागि एउटा पासो ल्याएकी छे । मलाई भोक लागेपछि म त्यो पासोभित्र खान गएँ भने म फस्नेछु । उनीद्वारा म मारिनेछु । मलाई बचाउनुहोस् ।’

कुखुरोले भन्यो, ‘म के गर्न सक्छु र ? उसले त तिम्रै लागि त्यो पासो ल्याएकी हो । मेरा लागि त होइन । म त त्यसमा फस्ने पनि होइन । यो त तिम्रो समस्या हो । मेरो समस्या कहाँ हो र ? म त तिम्रा लागि केही पनि गर्न सक्दिन ।’

बिचरो मुसो निराश भयो । अब ऊ बाख्रोकहाँ गएर भन्यो, ‘मलाई बचाउनुहोस् !’ बाख्रोले सोध्यो, ‘के समस्या प¥यो ?’
उसले भन्यो, ‘त्यो बूढी महिलाले मुसा मार्ने एउटा पासो ल्याएकी छे । त्यसमा उसले खाना राख्नेछे । मलाई भोक लागेपछि म त फस्नेछु अनि उसले मलाई मारिदिन्छे ।’ उसको कुरा सुनेर बाख्रोले भन्यो, ‘म त एकदमै ठूलो छु । मेरा लागि त कुनै खतरा छैन । अनि म तिमीलाई किन मद्दत गरूँ ? खतरा त तिमीलाई नै छ । मलाई त खतरा छैन, त्यसैले मैले तिमीलाई किन मद्दत गर्ने ?’
त्यसपछि त मुसो झनै निराश भयो । अनि केही दिनपछि त्यो मुसो गधाकहाँ गयो । गधासँग उसले सोध्यो, ‘तपाईं त एकदमै ठूलो हुनुहुन्छ । बलवान् हुनुहुन्छ, के मलाई सहयोग गर्न सक्नुहुन्छ ?’
गधाले भन्यो– ‘कुरा के हो ?’ उसले भन्यो, ‘त्यो बूढी महिलाले मलाई फसाउनका लागि पासो ल्याएकी छे अनि उसले मलाई मारिदिन्छे ।’
त्यसपछि गधा भन्छ, ‘म के गर्न सक्छु ? म तिम्रा लागि भगवान्सँग ‘तिमीलाई बचाऊन्’ भनेर मात्रै प्रार्थना गर्न सक्छु । अरू म के गर्न सक्छु र ! म त त्यसभित्र अटाउन पनि अटाउँदिन । यो त तिम्रो समस्या हो । तिमी नै समाधान गर । म के समाधान गर्न सकूँला !’

अब त मुसो साँच्चै आशाविहीन भयो । उसलाई बचाउने कोही पनि छैन । एकदिन एउटा सर्प त्यतैबाट गइरहेको थियो । त्यो सर्प अचानक पासोभित्र फस्यो । सर्पले त्यहाँबाट निस्कनलाई निकै कोशिश ग¥यो । यसै कारणले गर्दा सर्पको आवाज आउन थाल्यो । रातको समय थियो । एकदमै अँध्यारो थियो । त्यसपछि जब ती महिलाले त्यो आवाज सुनिन् । उनले सोचिन्, मुसो फसेछ क्यार ! उनी आफ्नो कोठाबाहिर आइन् । हातले छाम्न थालिन् । अनि, सर्पले ती महिलालाई डस्यो ।

सर्पले डसेपछि उनी चिच्याउन थालिन् । उनका छरछिमेकीहरू आए । उनीहरूले तिनलाई अस्पताल लिएर गए । त्यहाँ उनको उपचार भयो । समस्या धेरै जटिल नभएकाले उनी ठीक भएर केही दिनपश्चात् घर फर्किन् ।

त्यो उपचारमा धेरै नै पैसा खर्च भएको थियो । त्यो पैसा तिर्न उनले कुखुरोलाई एउटा मासु पसलेकहाँ बेचिदिइन् । त्यसबाट पनि उपचार खर्च पूरा हुन सकेन । उनले फेरि बाख्रोलाई पनि बेचिन् । त्यसलाई पनि मासु व्यापारीले नै किन्यो । केही दिन बित्यो । ती महिलाको अवस्था ठीक भएन । केही दिनपछि उनको मृत्यु भयो । उनका परिवारका सदस्यहरू उनको अन्तिम संस्कार गर्न भनेर आए । त्यसका लागि पनि थुप्रै पैसाको आवश्यकता पर्दथ्यो । त्यसपछि उनीहरूले गधालाई पनि बेचिदिए । जे–जति पैसा प्राप्त भएको थियो त्यसले अन्तिम संस्कार सम्पन्न भयो । जसले त्यो गधालाई किन्यो ऊ अत्यन्तै अत्याचारी प्रवृत्तिको थियो । उसले त्यस गधालाई सकेसम्म काममा पेल्यो । उसलाई नराम्रोसँग पिट्ने, दुःख दिने गर्न थाल्यो ।

यदि तिनीहरूले वास्तवमा त्यो सानो मुसालाई सहयोग गरेका भए त्यो सर्प त्यसमा फस्दैनथ्यो । ती बूढी महिलालाई डस्दैनथ्यो । यदि महिलालाई सर्पले नडसेको भए न कुखुरो, न बाख्रो, न त गधा कसैले पनि घरबाट बेचिनुपर्ने अवस्था हुँदैनथ्यो ।

यसको अर्थ के भयो भने कुनै बेला हामी यही सोच्छौँ– कसैलाई कुनै समस्या परिरहेको छ, त्यो हाम्रो समस्या होइन । तर, जबसम्म हामी यो संसारमा रहन्छौँ, हामीले के कुरालाई बुझ्नु आवश्यक छ भने, अरूलाई परेको समस्याले हामीलाई पनि त सताउन सक्छ । हामी अरूमाथि जुुन अत्याचार भइरहेको देख्छौँ, त्यो हामीमाथि पनि हुन सक्छ । त्यसकारण सबैभन्दा मूल कुरा के हो भने, हामी के गर्न सक्छौँ ! हामी आपूmलाई चिन्ने कोशिश गरौँ । आपूmले आपूmलाई चिन्ने कोशिश गरौँ । आपूmले आपूmलाई बुझ्ने कोशिश गरौँ– ‘म को हुँ !’ हामीलाई यो जुन मानिसको शरीर प्राप्त भएको छ, हामीसँग जे छ, हाम्रो जीवनमा यसको महत्त्व के छ ? केवल दुःखी हुनु र दुःखमा होमिइरहनलाई नै हो त यो जीवन ? यो जीवन चिन्ता गर्नका लागि होइन । यो जिन्दगीमा योभन्दा पनि ठूलो कुनै चीज छ ।
हामीलाई ठूलो भाग्यले यो मानिसको शरीर प्राप्त भएको छ । यो मोक्षको ढोका हो । एउटा सानो मोक्ष जसको हामीलाई खाँचो छ । फलतः हामी आफ्ना चिन्ताबाट मुक्ति प्राप्त गर्न सकौँ । अनि, दुःखबाट मुक्ति पाइयोस् । जबसम्म हामी त्यस चीजका बारेमा सोच्दैनौँ र बुझ्दैनौँ, तबसम्म अघि कसरी बढ्न सकिन्छ र ! चिन्ता र समस्याहरू त आइरहन्छन् अनि मानिस दुःखी भइरहन्छ । तिनबाट उसले कसरी मोक्ष प्राप्त गर्न सक्छ !

तिनबाट मोक्ष प्राप्त गर्नका लागि तपाईं आपूmले आपैmँलाई बुझ्नु अत्यन्तै आवश्यक छ । ती चिन्ताहरूबाट तपाईं छुटकारा पाउनुहुन्छ कि पाउनुहुन्न ? यो त तपाईंमा नै निर्भर रहन्छ । हरेक चीज एक–अर्कासँग जोडिएका हुन्छन् । अरूलाई पर्ने दुःख र समस्याहरू हामीलाई पनि त पर्न सक्छ नि ! तथापि, जबसम्म तिनबाट आपूmले आपूmलाई सुरक्षित तुल्याउँदैनौँ, तबसम्म हामी यो भवसागरमा डुबिरहनेछौँ । किनभने, हामी यो भवसागरमा अल्झिएका छौँ । जुन चिन्ताहरू, जसमा हामी डुबिरहेका छौँ, ती चिन्ता सत्य पनि होइन तर साँचो नै हो भन्ने लाग्छ । त्यसमा हामी डुबेका छौँ अनि त्यसैमा अल्झिरहेका छौँ । जबसम्म हामीले आपूmले आपैmँलाई बुझ्दैनौँ, तबसम्म यो असत्यमा डुबुल्की मारिरहनेछौँ । बाहिर निस्कन सक्दैनौँ ।

अतः डराएर होइन, बुझेर भित्रको शक्तिको सहाराले हामी ती समस्याको सामना गर्न सक्छौँ । जुन हामीभित्रको वास्तविक बल छ, त्यसका सहायताले हामी ती समस्यामाथि विजय प्राप्त गर्न सक्छौँ । यदि त्यो शक्तिका सहायताले– जुन वास्तवमा मानिसभित्रको शक्ति हो, त्यसका मद्दतले यदि हामीले सामना ग¥यौँ भने हाम्रो जित अवश्य हुनेछ ।

यो सारा संसारमा हरेक चीज बदलिरहेको छ तर परिवर्तन हुने कुरालाई हामी रुचाउँदैनौँ । हामी कुनै चीज परिवर्तन होओस् भन्ने चाहना राख्दैनौँ तर हरेक चीज बदलिरहनेछ । जब तपाईं स्वयं आपूmभित्र नियाल्न थाल्नुहुन्छ, त्यसपछि तपाईंलाई आपूmले आपूmलाई बदल्न सकिन्छ भन्ने कुरा महसुस हुन थाल्छ । परिवर्तन आवश्यक हुन्छ । सबै कुरा बदलिरहेको छ– हरेक सेकेन्ड, हरेक मिनेट, हरेक चीज बदलिरहेको छ । यो पृथ्वी, यो चन्द्रमा, यो सूर्यलगायत सबै बदलिरहेको छ । जब तपाईं स्वयंले आपूmभित्र हेर्न थाल्नुहुनेछ, आपूmलाई बदल्नुहुनेछ, तब तपाईंले ती सृष्टिकर्ता त तपाईंभित्रै रहेको कुरा थाहा पाउनुहुनेछ । स्वयंलाई चिनेको दिनदेखि बाँकी सबैलाई चिन्न शुरु गर्नुहुनेछ । स्वयंलाई बदलेपछि तपाईंको जीवन पनि बदलिनेछ ।

परिवर्तन भइरहने चीजसँग प्रेम गर्न एकदमै गाह्रो हुन्छ । तथापि, एउटा चीज छ जुन बदलिँदैन । यो संसारमा प्रेम हुनुपर्छ, तर मानिसले वास्तविक प्रेम के हो ? त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ । साँचो प्रेमलाई बुझेपछि मानिसले वास्तवमा प्रेम गर्न सक्छ । यो संसारमा घृणा भनेकै के हो भने, मानिसले आपूmले आपैmँसँग प्रेम नगरीकन घृणालाई प्रेम गर्ने गर्छ । मानिसले आपूmले आपूmलाई प्रेम गर्न थालेपछि घृणा होइन, केवल प्रेम नै प्रेम हुनेछ ।

हरेक मानिसले आपूmसँग भएको एउटा चीजलाई अरूसँग बाँड्न पनि सक्छ अनि त्यो चीज हो– प्रेम । हामीले कसैलाई दिन सक्ने प्रेम नै एउटा वास्तविक चीज हो । परिवारमा एक–अर्काको कुरालाई कसैले पनि सुनिरहेको हुँदैन । एउटा मानिस हुनुका कारणले, परिवारको एउटा सदस्य भएका नाताले पनि तपाईंले सबैभन्दा ठूलो उपहार दिन सक्नुहुन्छ । त्यो कुनै भौतिक वस्तु होइन, त्यो भावनात्मक कुरा हो र त्यो उपहार यो प्रेम हो, यो आनन्द हो ।

हामी एक–अर्कालाई घृणाले होइन, प्रेमका माध्यमले जित्न सक्छौँ । प्रेममा एकदमै ठूलो तागत हुन्छ । मानिसले प्रेमको अभ्यास र आफ्नो हृदयमा अवस्थित शान्तिको अनुभव गरेर जीवनलाई सफल पार्न सक्छ । किनभने, हामी जीवनमा जुन चीजको बढी अभ्यास गर्छौँ नि, त्यसैमा पोख्त हुन्छौँ । यदि हामीले घृणाको अभ्यास ग¥यौँ भने हामी त्यसैमा पोख्त हुनेछौँ ।

हामी एक–अर्कालाई घृणाले होइन, प्रेमका माध्यमले जित्न सक्छौँ । प्रेममा एकदमै ठूलो तागत हुन्छ । मानिसले प्रेमको अभ्यास र आफ्नो हृदयमा अवस्थित शान्तिको अनुभव गरेर जीवनलाई सफल पार्न सक्छ । किनभने, हामी जीवनमा जुन चीजको बढी अभ्यास गर्छौँ नि, त्यसैमा पोख्त हुन्छौँ । यदि हामीले घृणाको अभ्यास ग¥यौँ भने हामी त्यसैमा पोख्त हुनेछौँ । यदि तपाईंले आपूmभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईं त्यसैमा पोख्त हुनुहुनेछ । तपाईं यस कुरामाथि विचार गर्नुहोस् ।

मानिस बन्नुहोस्, किनभने तपाईं मानिस हुनुहुन्छ । यदि हामीले आफ्नो जीवनमा वास्तविक मानवतालाई अपनायौँ भने त हामीले कुनचाहिँ कुरालाई बदल्न सक्दैनौँ र ! यो जीवन तपाईंलाई एउटा उपहारस्वरूप प्राप्त भएको छ । यसलाई स्वीकार गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल पार्नुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)