काठमाडौं।
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएको छ । सत्तारुढ दल रास्वपाको सिफारिसअनुसार प्रधानमन्त्रीले श्रम मन्त्रीलाई पदमुक्त गर्नुभएको हो ।
पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएलगत्तै साह पदमुक्त हुनुभएको हो ।
साहले पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गर्नुभएको थियो । साहको पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि उहाँलाई प्रधानमन्त्रीले हटाउनुभएको हो ।
यसै गरी, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेअनुसार प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।











प्रतिक्रिया