आउँदो जुनमा हुने मेन्स फिफा वर्ल्डकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्तरुपमा आयोजना गर्र्दैछ । यसमा क्यानडाले पहिलोपटक वर्ल्डकप जस्तो विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्दैछ । अन्य सहआयोजकमा मेक्सिकोले तेस्रोपटक र अमेरिकाले दोस्रोपटक प्रतियोगिता आयोजना गर्दैछ ।
क्यानडा
क्यानडा आगामी मेन्स फिफा वर्ल्डकपको सह आयोजकमध्ये एक राष्ट्र हो । क्यानडाले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेपनि वर्ल्डकपसँगको चिनारी भने नयाँ होइन । क्यानडाको मेन्स फिफा वर्ल्डकपमा यो तेस्रो पटकको सहभागिता हुनेछ । यसअघि क्यानडाले १९८६ र गत २०२२ को वर्ल्डकपमा सहभागिता जनाइसकेको छ ।
मेक्सिको वर्ल्डकप १९८६
यस वर्ल्डकपमा क्यानडाको डेब्यु भएको थियो । तर, पहिलो सहभागिता खासै राम्रो भएन । ग्रुप सी मा रहेको क्यानडाले तीनै वटा खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा फ्रान्ससँग १–० ले हार्दा दोस्रो खेलमा हंगेरीलाई २–० को नतिजा सुम्पेको थियो । सोभियत संघसँगको खेलमा पनि क्यानडा २–० ले नै पराजित भयो । यानि कि क्यानडाले विपक्षीको पोस्टमा गोल नै गर्न सकेन ।
कतार वर्ल्डकप २०२२
क्यानडाले १९८६ पछि दोस्रोपटक वर्ल्डकपमा खेल्न झण्डै ३६ वर्षको लामो समय कुर्नु परेको थियो । क्यानडाले कतारमा सम्पन्न वल्र्डकपमा सहभागिता त जनायो तर, एक खेलमा पनि जित्न सकेन । ग्रुप एफ मा रहेको क्यानडाले पहिलो खेलमा बेल्जियमविरुद्ध १–० दोस्रो खेलमा क्रोएसियासँग ४–१ र तेस्रो खेलमा मोरोक्कोसँग २–१ ले हार बेहोरेको थियो ।
यस वर्ल्डकपमा क्यानडाबाट २ गोल भएको थियो । जसमा, अलफोन्सो बोएल डेभिजले क्रोएसियाविरुद्ध दोस्रो मिनेटमै गोल गरेर सनसनी मच्चाएका थिए । उनी यस गोलसँगैं क्यानडाको तर्फबाट वर्ल्डकपमा गोल गर्ने पहिलो खेलाडीसमेत भए । मोरोक्कोविरुद्धको गोल भने आउन गोल थियो ।

मेक्सिको
मेक्सिकोले योसमेत गरी तेस्रो पटक मेन्स फिफा वर्ल्डकप आयोजना गर्दैछ । मेक्सिकोले पहिलोपटक १९७० को वर्ल्डकप आयोजना गरेको थियो । यो वर्ल्डकपमा ब्राजिल च्याम्पियन बनेको थियो । यसपछि १९८६ को वर्ल्डकप पनि आयोजना ग¥यो । यो वर्ल्डकपमा अर्जेन्टिना च्याम्पियन बनेको थियो । यसको मतलब मेक्सिकोमा दुबै पटक आयोजना हुँदा दक्षिण अमेरिकी टोलीले उपाधि जितेको छ ।
मेक्सिकोले उदघाटन फिफा वर्ल्डकपदेखि नै भाग लिँदैं आएको छ । तर, केही वर्ल्डकपमा भने मेक्सिकोले क्वालिफाई गर्न सकेन भने केही वर्ल्डकपबाट नाम फिर्ता लिएको थियो । जसमा नाम फिर्ता लिएको वर्ल्डकप १९३८ को थियो । क्वालिफाइ हुन नसकेको वर्ल्डकपहरू १९३४, १९७४ र १९८२ थिए ।
तर, १९९० वर्ल्डकपमा खेल्न नसक्नुको कारण मेक्सिकोलाई फिफाले प्रतिबन्ध लगाइएको थियो । १९९४ देखि भने मेक्सिकोले लगातार सहभागिता जनाउँदैं आएको छ । टिम गत संस्करण २०२२ मा बाहेक अरूवर्ल्डकपमा नकआउट चरणसम्म पुगेको थियो ।
मेक्सिकोको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको १९७० र १९८६ को वर्ल्डकपहरू थिए । यी दुबै वर्ल्डकपको आयोजक मेक्सिको नै थियो । १९७० को वर्ल्डकपको क्वार्टरफाइनलमा मेक्सिको इटालीसँग पराजित भएको थियो । यस्तै, १९८६ को वल्र्डकप क्वार्टरफाइनलमा मेक्सिकोले राम्रो खेलेपनि पश्चिम जर्मनीसँग पेनाल्टी शूटआउटमा पराजित भएको थियो ।
मेक्सिको वर्ल्डकप यात्रा
१९३० (उरुग्वे) ग्रुप स्टेज
१९५० (ब्राजिल) ग्रुप स्टेज
१९५४ (स्विट्जरल्यान्ड) ग्रुप स्टेज
१९५८ (स्विडेन) ग्रुप स्टेज
१९६२ (चिली) ग्रुप स्टेज
१९६६ (इंग्ल्यान्ड) ग्रुप स्टेज
१९७० (मेक्सिको) क्वार्टरफाइनलमा इटालीसँग ४–१ ले पराजित
१९७८ (अर्जेन्टिना) ग्रुप स्टेज
१९८६ (मेक्सिको) क्वार्टरफाइनलमा पश्चिम जर्मनीसँग पेनाल्टीमा पराजित
१९९४ (अमेरिका) नकआउटमा बूल्गेरियासँग पेनाल्टीमा पराजित
१९९८ (फ्रान्स) नकआउटमा जर्मनीसँग २–१ ले पराजित
२००२ (जापान र साउथकोरिया) नकआउटमा अमेरिकासँग २–० ले पराजित
२००६ (जर्मनी) नकआउटमा अर्जेन्टिनासँग २–१ ले पराजित
२०१० (साउथअफ्रिका) नकआउटमा अर्जेन्टिनासँग ३–१ ले पराजित
२०१४ (ब्राजिल) नकआउटमा नेदरल्यान्ड्ससँग २–१ ले पराजित
२०१८ (रसिया) नकआउटमा ब्राजिलसँग २–० ले पराजित
२०२२ (कतार) ग्रुप स्टेज

अमेरिका
आगामी मेन्स फिफा वर्ल्डकपमा अमेरिका सहआयोजकमध्ये एक राष्ट्र हो । अमेरिकाले वर्ल्डकपको आयोजना दोस्रोपटक गर्दैछ । यसअघि १९९४ मा अमेरिकाले वर्ल्डकपको सफल आयोजना गरेको थियो । यस वर्ल्डकपमा ब्राजिल च्याम्पियन भएको थियो ।
अमेरिकाले वर्ल्डकपमा पहिलोपटक १९३० देखि नै सहभागिता जनाउँदैं आएको छ । तर, केही वर्ल्डकपमा भने क्वालिफाइ गर्न नसकेको पनि छ । अमेरिकाले क्वालिफाइ गर्न नसकेको वर्ल्डकपहरू १९३८, १९५४ देखि १९८६ सम्मका र २०१८ को थिए ।
१९३० को वर्ल्डकपमा अमेरिका सेमिफाइनलसम्म पुगेको थियो । उरुग्वेमा भएको उदघाटन वर्ल्डकपको सेमिफाइनलमा अमेरिका अर्जेन्टिनासँग ६–१ ले पराजित भएको थियो । यो नै अमेरिकाको अहिलेसम्मको वर्ल्डकपमा उत्कृष्ट प्रदर्शन बन्दै आएको छ ।
यसपछि एसियामा भएको २००२ को वर्ल्डकपमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गरेको थियो । जापान र साउथकोरियाले संयुक्त रुपमा आयोजित यस वर्ल्डकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो । जुन खेलमा अमेरिका जर्मनीसँग १–० ले पराजित भएको थियो ।
अमेरिकाको वर्ल्डकप यात्रा
१९३० (उरुग्वे) सेमिफाइनलमा अर्जेन्टिनासँग ६–१ ले पराजित
१९३४ (इटाली) नकआउटमा इटालीसँग ७–१ ले पराजित
१९५० (ब्राजिल) समूह चरण
१९९० (इटाली) समूह चरण
१९९४ (अमेरिका) नकआउटमा ब्राजिलसँग १–० ले पराजित
१९९८ (फ्रान्स) समूह चरण
२००२ (जापान र साउथकोरिया) क्वार्टरफाइनलमा जर्मनीसँग १–० ले पराजित
२००६ (जर्मनी) समूह चरण
२०१० (साउथअफ्रिका) नकआउटमा घानासँग २–१ ले पराजित
२०१४ (ब्राजिल) नकआउटमा बेल्जियमसँग २–१ ले पराजित
२०२२ (कतार) नकआउटमा नेदरल्यान्ड्ससँग ३–१ ले पराजित











प्रतिक्रिया