ललितपुरको कृष्ण मन्दिर परिसरमा खुकुरी प्रहार : दुवै युवकको मृत्यु, एक जना पक्राउ


ललितपुर ।

पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसरमा भएको खुकुरी प्रहारको घटनामा घाइते भएका दुवै युवकको उपचारको क्रममा मृत्यु भएको छ। यस घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेको नाम सन्दीप थापा ललितपुर महानगरपालिका) ११ का रहेका छन । । उनी घटनामा प्रत्यक्ष खुकुरी प्रहार गर्ने मुख्य आरोपी रहेको अनुसन्धानबाट खुलेको छ।

घाइते हुँदै मृत्यु हुने युवकहरूको नामझापाका र्सिजन नेम्वाङ र सुमित नेम्वाङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीका अनुसार चार जना युवाको समूहबीच आपसी विवादका क्रममा यो आक्रमण भएको हो। घटनाको प्रत्यक्ष कारण पुरानो रिसइबी र सामान्य झगडा रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानअनुसार केही दिनअघि स्थानीय स्तरमा भएको सामान्य किचलोको विषयलाई लिएर दुवै पक्षबीच तनाव थियो।

सोही क्रममा चैत २६ गते साँझ मन्दिर परिसरमा भेट भएपछि दुवै समूहबीच पुनस् विवाद भएको थियो। विवाद चर्किँदै जाँदा सन्दीप थापाले खुकुरी निकाली विवेक र आशिषमाथि प्रहार गरेको प्रहरीले जनाएको छ। अचानक भएको आक्रमणपछि मन्दिर परिसरमा भागदौड मच्चिएको थियो भने स्थानीय र पर्यटकमा त्रास फैलिएको थियो। घाइते दुवै जनालाई उपचारका लागि तत्काल नजिकैको पाटन अस्पताल लगिए पनि चिकित्सकले बचाउन नसकेको जनाएको छ।

घटनालगत्तै प्रहरी टोली खटिएर मुख्य आरोपी सन्दीप थापालाई घटनास्थलबाटै पक्राउ गरेको हो। घटनामा संलग्न रहेको भनिएको अन्य तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी रमेश थापाले जानकारी दिए। उनले भने, “पक्राउ परेका आरोपीविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ।

फरार अन्य आरोपीको सक्रिय खोजी भइरहेको छ।” ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर परिसरमा यस्तो हिंसात्मक घटना भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। प्रहरीले यस क्षेत्रमा थप गस्ती र निगरानी बढाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।