काठमाडौँ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर बदली मौसम रहेको छ। आज दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रमा साधारण बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्छ।
आज राति हिमाली क्षेत्रमा बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।











प्रतिक्रिया