मेदभेदेभले लज्जास्पद हारपछि र्‍याकेट भाँचे


लन्डन, (एजेन्सी) ।

मोन्टे कार्लो मास्टर्समा माटेओ बेरेटिनीसँग तेस्रो चरणमा ६–०, ६–० ले लज्जास्पद हार बेहोरेपछि डेनिल मेदभेदेभले ¥याकेट भाँचेका छन् ।

पहिलो सेट गुमाएपछि दोस्रोमा उनको सर्भिस तुरुन्दै ब्रेक भयो । लगातार अंक गुमाउन परेकोले निकै निरास बनेका उनले आफ्नो ¥याकेट कोर्टको पछाडिको होर्डिङमा फ्याँके । उनले त्यही ¥याकेट उठाएर ६ पटक जमिनमा बजारेपछि ¥याकेट दुई टुक्रा भएको थियो ।

विश्व नम्बर १० मा रहेका मेदभेदेभले २७ चोटि अनावश्यक गल्ती गर्नु नै हारको कारण बनेको थियो । गत यूएस ओपनमा पनि हारपछि निरास भएर उनले ¥याकेट भाँचेका थिए । त्यसमा उनले झण्डै ४२ हजार डलर जरिवाना तिर्नुपरेको थियो ।