नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा निर्देशक दीपक रौनियारको राजागंज ः पूजा सर सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म घोषित भएको छ।
फिल्मले ट्रफीसहित १५ सय अमेरिकी डलर पुरस्कार जितेको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा राजधानीको सुन्धारास्थित सिभिल मलमा हालै सम्पन्न समापन समारोहमा राष्ट्रिय विधातर्फ निर्देशक समुन्द्र भट्टको गुन्यू चोलो ः द ड्रेस सर्वोत्कृष्ट फिल्म घोषित हु“दै ट्रफी र एक हजार अमेरिकी डलरबाट सम्मानित भयो। यही फिल्मबाट भट्ट उत्कृष्ट निर्देशक तथा अभिनेता नाजिर हुसेनले नायकको अवार्ड चुमे। कोशेढुंगाबाट सुरक्षा पन्त सर्वोत्कृष्ट नायिका घोषित भइन्।
राष्ट्रियतर्फ केटी हराएको सूचनाबाट दीपेन्द्र गौचनले पटकथाकारको अवार्ड पाए भने कोशेढुंगाबाट बाबु श्रेष्ठ सिनेमेटोग्राफरको अवार्ड विजेता भए। दक्षिण एसियाली प्रतिस्पर्धातर्फ नेपाली भाषाको भारतीय फिल्म जार सर्वोत्कृष्ट घोषित हु“दै ट्रफी र ५ सय अमेरिकी डलरबाट पुरस्कृत भयो। अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ आइसल्यान्डको ग्राउन्ड बिनिथ आवर फिटले उत्कृष्ट घोषित भई ट्रफी र एक हजार अमेरिकी डलर प्राप्त ग¥यो। अन्तर्राष्ट्रिय सर्ट फिल्मतर्फ इरानी फिल्म सिपले ट्रफी र ५ सय अमेरिकी डलर जित्यो।
एआई थिम्ड सर्ट फिल्मतर्फ चिनिया“ फिल्म स्पिरिट अफ द माउन्टेन उत्कृष्ट घोषित भयो भने विद्यार्थी फिल्मतर्फ मेक्सिकोको पासारिन्हो विजेता बन्यो। राष्ट्रिय डकुमेन्ट्रीतर्फ दीपक छोदेन लामाको होम इज नट अ प्लेस र राष्ट्रिय सर्ट फिल्मतर्फ सुरज पौडेलको रिहाना उत्कृष्ट घोषित भए। यी दुवै फिल्म ट्रफीसहित ५० हजार रुपिया“ले पुरस्कृत भए। डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म अवार्ड इरानी फिल्म माई डटर्ज हेयरले जित्यो। स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्रीतर्फ ङिमा गेलु शेर्पाको एज डे गोज बाइ तथा अन्तर्राष्ट्रिय सर्ट फिल्मतर्फ भारतीय फिल्म हाउसकिप्पर विजेता घोषित भए। स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय फिल्म अवार्ड चिनिया“ फिल्म द शोर अफ लाइफलाई प्रदान गरियो।
समारोहमा प्रमुख अतिथि हार्तम्छालीले निफले नेपाली र विदेशी फिल्म उद्योगबीच सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे। निफ अध्यक्ष केपी पाठकले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। महोत्सव गत चैत १९ गतेदेखि राजधानीमा सुरु भएको थियो।











प्रतिक्रिया