पाटनमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु


काठमाडौँ।

ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
चक्कु प्रहारबाट झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङ घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । सुमित र सिर्जन दाजुभाइ हुन् ।

उनीहरुमाथि सन्जीब नेपालीले चक्कु प्रहार गरेका हुन्। उनलाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।