काठमाडौं।
रास्वपा सांसद पुरुषोत्तम यादवले रामबहादुर थापाको संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। चैत १९ गते नेकपा एमाले संसदीय दलका नेताको हैसियतमा संसदलाई सम्बोधन गर्दै थापाले ‘जेनजी आन्दोलन’ र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे धारणा राखेका थिए। उनले अदृश्य शक्तिले आन्दोलन गराएको र त्यही शक्तिले रास्वपालाई दुईतिहाइ बहुमत दिलाउने वातावरण बनाइरहेको आरोप लगाएका थिए।
उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै सांसद यादवले व्यंग्यात्मक टिप्पणी गरेका छन्।
“जुन भूतले कमरेड केपी शर्मा ओलीलाई छलेको थियो, त्यही भूतले कमरेड बादललाई पनि छलेको देखिन्छ,” उनले संसदमा भने, “सरकारसँग जोडदार माग गर्दछु, एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्।”
यादवले उक्त अभिव्यक्ति थापामार्फत एमाले अध्यक्ष ओलीकै विचार भएको आरोपसमेत लगाए। उनले थपे, “आज जुन व्यक्ति कारागारभित्र हुनुपर्ने, त्यो अस्पतालको बेडमा बसेर कुविचार संसदसम्म पठाइरहेको छ।”











प्रतिक्रिया