धेरै अघि नै जाने,
इच्छा उनको थियो,
धर्ती घुम्ने मात्र होइन,
इच्छा जूनको थियो ।
‘यसपाली त जान्छु होला काईला’,
उनी दोहो¥याई रहन्थे,
मनभरिका कथा, व्यथा,
छताछुल्ल पारिरहन्थे ।
आज साइत जुरेछ,
उनी बाटो लागे,
गाउँलेहरु लस्कर लागे,
देश, विदेशका छोराछोरी,
वरिपरिका जोरीपारी,
सबको ताँती देखिएथ्यो ।
जात, जातीको भेद थिएन,
मान सम्मानको कमी थिएन,
कौसी, आँगन, बाटोसम्म,
ठूली नदीको किनारासम्म,
फूल बर्षाउनेको घुँइचो थियो ।
कसैको चेहरामा विस्मात थियो,
त कसैको चेहरामा निस्मात,
कोही गुणगान गाउँथे,
त कोही ज्ञानगुण ।
उनी साँच्चै हकदार थिए,
तारिफ, सम्मान र विस्मातको,
किनकि,
किनकि उनको यात्रा थ्यो अनन्तको ।
एक्लोपनको पीडाले नै,
उनी बाटो लागेका थिए, तर,
तर उनकै मलामी गएकाहरुको ताँतीले,
घरदेखि नदीसम्मै छोएको थियो ।
धेरै अघि नै जाने,
इच्छा उनको थियो,
धर्ती घुम्ने मात्र होइन,
इच्छा जूनको थियो ।
धर्ती घुम्ने मात्र होइन,
इच्छा जूनको थियो ।











प्रतिक्रिया