पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति तिमल्सिना पक्राउ


काठमाडौँ।

पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीका पूर्वपति जीपी तिमल्सिना पक्राउ परेका छन् । आफूमाथि जीपीले अभद्र व्यवहार गरेको र धाकधम्की दिएको भन्दै उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रियामा अघि बढ्न तिमल्सिनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने सहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन्।

२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो ।