काठमाडौँ ।
काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थान क्षेत्रबाट प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले करिब एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो । सो क्रममा भारत, विहार राज्यको मधुवनी जिल्ला घर भएका अन्दाजी ३०–३५ वर्षीय अनिलकुमार पासवान घाइते भएका छन् ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया