नेपाल–चीन कूटनीतिक भेट: विकास सहयोग र आपसी सम्बन्धमा छलफल


काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच मंगलबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा राजदूत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यीको तर्फबाट मन्त्री खनाललाई कार्यभार सम्हालेकोमा बधाई र शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

छलफलमा नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा गहन वार्ता भएको थियो। राजदूत माओमिङले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले पनि परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका थिए।