एक स्वास्थ्य अवधारणामा जोड दिन मन्त्री मेहताको आह्वान


काठमाडौं ।

विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरणबीच गहिरो सम्बन्ध रहेको बताउँदै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने उल्लेख गर्नुभयो। साथै जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताउँदै पछिल्लो समय मानव र पशुपंक्षीबीचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताउनुभयो।

मन्त्री मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको पनि स्मरण गराउनुभयो।