उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना



काठमाडौं ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि सोमबार राति अस्पताल भर्ना भएका छन्। उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा उपचारका लागि राखिएको हो।

अस्पतालका अनुसार उच्च रक्तचाप र पेटमा ग्यासको समस्या देखिएपछि उनलाई राति ९ बजे अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनको प्रेसर उच्च रहेको बताइएको छ।

वरिष्ठ कार्डियोलोजिष्ट डा। रत्नमणि गजुरेल नेतृत्वको चिकित्सक टोली उपचारमा संलग्न छ। हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणका रिपोर्ट नर्मल आएको अस्पतालले जनाएको छ। उनलाई भीआईपी क्याबिनमा राखेर निगरानीमा उपचार भइरहेको छ।